default_image

4 weeks ago

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

488 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ ।

काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै आएको छ ।

एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीमा केआइइसीको लोगो राखेर खेल्ने छ । यसका लागि काठमान्डु गोर्खाज र केआइइसी बीच सम्झौता भएको छ ।

काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र केआइइसीका संस्थापक एवंम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र केआईईसीका बजार प्रवन्धक सुमित श्रेष्ठको रोहवरमा सम्झौता गरिएको थियो ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले केआइइसीले खेलकुदका विभिन्न क्षेत्रमा गर्दै आएको बजार व्यवस्थापन कार्यको प्रशंसा गरे ।

केआइइसीका संस्थापक रिजालले युवाहरुको भविष्यका लागि कार्य गर्दै आएको र एनपिएल पनि युवाहरुको ढुकढुकी भएकाले काठमान्डु गोर्खाजसंग जोडिएको बताए ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसंग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनरको रुपमा एक्सट्रिम इनर्जी ड्रिङ्कसंग प्रायोजन सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.