default_image

1 month ago

November 10, 2025

काठमान्डु गोर्खाज र केआईईसी बीच प्रायोजन सम्झौता

492 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ ।

काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै आएको छ ।

एनपिएलमा काठमान्डु गोर्खाजले जर्सीमा केआइइसीको लोगो राखेर खेल्ने छ । यसका लागि काठमान्डु गोर्खाज र केआइइसी बीच सम्झौता भएको छ ।

काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र केआइइसीका संस्थापक एवंम प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र केआईईसीका बजार प्रवन्धक सुमित श्रेष्ठको रोहवरमा सम्झौता गरिएको थियो ।

गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले केआइइसीले खेलकुदका विभिन्न क्षेत्रमा गर्दै आएको बजार व्यवस्थापन कार्यको प्रशंसा गरे ।

केआइइसीका संस्थापक रिजालले युवाहरुको भविष्यका लागि कार्य गर्दै आएको र एनपिएल पनि युवाहरुको ढुकढुकी भएकाले काठमान्डु गोर्खाजसंग जोडिएको बताए ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसंग सम्झौता गरिसकेको छ । टोलीको गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनरको रुपमा एक्सट्रिम इनर्जी ड्रिङ्कसंग प्रायोजन सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.