1 month ago
November 11, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- वेस्ट इन्डिजका पूर्व कप्तान शिवनारायण चन्द्रपलले नेपाल आउँदा आफू उत्साहित भएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि चन्द्रपल सोमवार पहिलो पटक नेपाल आएका हुन् ।
जनकपुर बोल्ट्सले सोमवार साँझ राखेको पत्रकार सम्मेलनमा विश्व क्रिकेटका दिग्गज ब्याटर समेत रहेका चन्द्रपलले भने, ‘म यहाँ आउँदा निकै उत्साहित छु। यो सिजनमा हामीले राम्रो क्रिकेट खेल्दै अघिल्लो सिजनको पाइला पछ्याउँदै अगाडि बढ्ने छौं।’
नेपाली क्रिकेट बारे सोधिएको प्रश्नमा चन्द्रपलले भने, ‘मैले नेपालले खेलेका केही टि-ट्वान्टी र ओडिआई खेल हेरेको छु। पछिल्लो पटक वेस्ट इन्डिजविरुद्ध शारजाहमा श्रृंखला जित्दा पनि हेरेको थिएँ। नेपाली क्रिकेट निरन्तर विकास हुँदैछ, सुधारिँदैछ र अझ राम्रो बन्दै गएको छ।’
उनले नेपाली क्रिकेटलाई सुझाव दिँदै थपे,’ मेरो विचारमा नेपालले अझ धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुपर्छ। क्रिकेट विकासका लागि पूर्वाधार नै प्रमुख हो। यदि मैदानहरू राम्रो भए ठूला टिम यहाँ आउँछन् र त्यसले नेपाली क्रिकेटलाई अझै उचाइमा पुर्याउँछ।’
जनकपुर बोल्ट्स र खेलाडीको विषयमा भने उनले स्थानीय प्रशिक्षकसँग सल्लाह सुझाव लिएर अगाडि बढ्ने पनि स्पष्ट पारे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो।
बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले यो सिजनका लागि सुरुमा पुबुदुसँग छलफल भएको र उहाँ उपलब्ध हुन नसकेपछि चन्द्रपलसँग यो सिजनका लागि सम्झौता भएको बताएका छन् ।
पुबुदुले यो सिजन विराटनगर किङ्स सम्हाल्ने भएको सोमवार सार्वजनिक गरिएको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]