4 weeks ago
November 11, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- वेस्ट इन्डिजका पूर्व कप्तान शिवनारायण चन्द्रपलले नेपाल आउँदा आफू उत्साहित भएको बताएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएपछि चन्द्रपल सोमवार पहिलो पटक नेपाल आएका हुन् ।
जनकपुर बोल्ट्सले सोमवार साँझ राखेको पत्रकार सम्मेलनमा विश्व क्रिकेटका दिग्गज ब्याटर समेत रहेका चन्द्रपलले भने, ‘म यहाँ आउँदा निकै उत्साहित छु। यो सिजनमा हामीले राम्रो क्रिकेट खेल्दै अघिल्लो सिजनको पाइला पछ्याउँदै अगाडि बढ्ने छौं।’
नेपाली क्रिकेट बारे सोधिएको प्रश्नमा चन्द्रपलले भने, ‘मैले नेपालले खेलेका केही टि-ट्वान्टी र ओडिआई खेल हेरेको छु। पछिल्लो पटक वेस्ट इन्डिजविरुद्ध शारजाहमा श्रृंखला जित्दा पनि हेरेको थिएँ। नेपाली क्रिकेट निरन्तर विकास हुँदैछ, सुधारिँदैछ र अझ राम्रो बन्दै गएको छ।’
उनले नेपाली क्रिकेटलाई सुझाव दिँदै थपे,’ मेरो विचारमा नेपालले अझ धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुपर्छ। क्रिकेट विकासका लागि पूर्वाधार नै प्रमुख हो। यदि मैदानहरू राम्रो भए ठूला टिम यहाँ आउँछन् र त्यसले नेपाली क्रिकेटलाई अझै उचाइमा पुर्याउँछ।’
जनकपुर बोल्ट्स र खेलाडीको विषयमा भने उनले स्थानीय प्रशिक्षकसँग सल्लाह सुझाव लिएर अगाडि बढ्ने पनि स्पष्ट पारे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो।
बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले यो सिजनका लागि सुरुमा पुबुदुसँग छलफल भएको र उहाँ उपलब्ध हुन नसकेपछि चन्द्रपलसँग यो सिजनका लागि सम्झौता भएको बताएका छन् ।
पुबुदुले यो सिजन विराटनगर किङ्स सम्हाल्ने भएको सोमवार सार्वजनिक गरिएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]