default_image

4 weeks ago

November 11, 2025

आइआइएमएस कलेज काठमान्डु गोर्खाजको ‘एजुकेशनल पार्टनर’

481 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आइआइएमएस कलेज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजको अफिसियल एजुकेशन पार्टनर बनेको छ ।

आइआइएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
आइआइएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सम्झौता हस्ताक्षर गरेका थिए ।

यस साझेदारीअनुसार आइआइएमएस कलेज र काठमान्डु गोर्खाजले युवा सशक्तिकरण, खेलकुद–शिक्षा समन्वय, र प्रतिभा विकासका उद्देश्यमा आधारित विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।

महर्जनले भने, ‘आइआइएमएस कलेजले सदैव युवा प्रतिभा, नेतृत्व क्षमता र करियर विकासलाई प्राथमिकता दिएको छ । काठमान्डु गोर्खाजसँगको साझेदारीले शिक्षा र खेललाई जोड्ने महत्वपूर्ण कदम हुनेछ ।’

कार्यकारी निर्देशक सिरोहियाले भने, ‘एनपिएल र फ्रेन्चाइज क्रिकेटको सफलताका लागि प्रायोजकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । आइआइएमएस कलेजजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले हाम्रो टोलीको मनोबल थप उच्च हुने छ ।’

काठमान्डु गोर्खाजले यसअघि मुख्य प्रायोजक वल्र्ड लिंक, गोल्ड पार्टनर शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक, र अफिसियल हस्पिटालिटी पार्टनर टुलिप होटलसँग साझेदारी गरिसकेको छ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.