4 weeks ago
November 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आइआइएमएस कलेज नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि काठमान्डु गोर्खाजको अफिसियल एजुकेशन पार्टनर बनेको छ ।
आइआइएमएस कलेज र काठमान्डु गोर्खाजबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
आइआइएमएस कलेजका मुख्य कार्यकारी अधिकृत सबिन्द्र महर्जन र काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सम्झौता हस्ताक्षर गरेका थिए ।
यस साझेदारीअनुसार आइआइएमएस कलेज र काठमान्डु गोर्खाजले युवा सशक्तिकरण, खेलकुद–शिक्षा समन्वय, र प्रतिभा विकासका उद्देश्यमा आधारित विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।
महर्जनले भने, ‘आइआइएमएस कलेजले सदैव युवा प्रतिभा, नेतृत्व क्षमता र करियर विकासलाई प्राथमिकता दिएको छ । काठमान्डु गोर्खाजसँगको साझेदारीले शिक्षा र खेललाई जोड्ने महत्वपूर्ण कदम हुनेछ ।’
कार्यकारी निर्देशक सिरोहियाले भने, ‘एनपिएल र फ्रेन्चाइज क्रिकेटको सफलताका लागि प्रायोजकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । आइआइएमएस कलेजजस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले हाम्रो टोलीको मनोबल थप उच्च हुने छ ।’
काठमान्डु गोर्खाजले यसअघि मुख्य प्रायोजक वल्र्ड लिंक, गोल्ड पार्टनर शिखर इन्स्योरेन्स, ड्रिंक पार्टनर एक्सट्रिम इनर्जी ड्रिंक, र अफिसियल हस्पिटालिटी पार्टनर टुलिप होटलसँग साझेदारी गरिसकेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]