default_image

4 weeks ago

November 12, 2025

काठमान्डु गोर्खाज र जाम्बोरी नेपाल बीच सहकार्य

516 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता गरेको छ ।

काठमान्डु गोर्खाजले जाम्बोरी एजुकेसनसँग नलेज पार्टनरको रुपमा सम्झौता गरेको हो । जाम्बोरीले एक दशकभन्दा बढि समय देखि विधार्थीहरुलाई स्याट, टोफेल, आइएलटीएस, जीआरई, जिम्याट जस्ता अन्तराष्ट्रिय परिक्षाको तयरीसँग अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडामा उच्च शिक्षा अध्यनका लागि उपयुक्त विश्वविधालय छनोट र आवेदन प्रक्रियामा मार्गदर्शन गर्दै आएको छ ।

मंसिर १ गते सुरु हुने एनपिएलको दोस्रो संस्करणमा काठमाडौं गोर्खाज टोलीका खेलाडी आफ्नो टाउजरमा जाम्बोरी एजुकेसन नेपालको लोगो लगाएर खेल्ने छ ।

एनपिएलको पहिलो दिनको खेलमा गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्ससँग खेलेर प्रतियोगिताको सुरुवात गर्नेछ । मोन्टी देसाईको प्रशिक्षणमा काठमान्डु गोर्खाज अहिले एनपिएलको तयारीका लागि व्यस्त रहेको छ ।

दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक मनोज पराजुलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले जाम्बोरी एजुकेसन नेपालले शैक्षिक क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै यस सहकार्यले खेलकुद र शिक्षाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

जाम्बोरी एजुकेसनका प्रबन्ध निर्देशक पराजुलीले भने, ‘हामी सधैं विद्यार्थीहरूलाई गुणस्तरीय परीक्षा तयारी सेवा प्रदान गर्न प्रतिबद्ध छौं । एनपिएल युवाहरूको उर्जा र उत्साहको प्रतीक हो, त्यसैले काठमाडौं गोर्खाजसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित र गर्वित छौं ।’ उनले शिक्षा र खेल दुवै युवाको क्षमता र अनुशासन विकास गर्ने महत्वपूर्ण माध्यम भएको जनाए ।

काठमाडौं गोर्खाजले यसअघि नै मुख्य प्रायोजकको रुपमा वल्र्ड लिंकसँग, गोल्ड पार्टनरको रुपमा शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनरको रुपमा एक्सट्रिम इनर्जी ड्रिङ्कसँग, अफिसियल एजुकेशन पार्टनरको रुपमा आईआईएमएस कलेजसँग प्रायोजन सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.