default_image

4 weeks ago

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

1742 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई ओटिटी प्रशारण अधिकार प्रदान गरेको बताइएको छ।

दर्शकले एपमार्फत खेल हेर्न छुट्टै शुल्क तिर्नुपर्नेछ। क्यानले तोकेको मूल्य अनुसार एनपिएलको सबै खेल डिशहोम गो एपबाट हेर्नका लागि नेपालका दर्शकले ३ सय रुपैयाँ, मिडल इस्टका दर्शकले ५ सय रुपैयाँ, र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ।

एप र वेबसाइटबाट लाईभ खेल हेर्दा विज्ञापनरहित प्रसारण हेर्न सकिनेछ। एनपिएलको दोस्रो संस्करणका खेल युट्युबमा भने प्रत्यक्ष प्रसारण नहुने भएको छ।

डिशहोम गो एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ। दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गरी विश्वभरबाट सब्स्क्रिप्सन लिन सक्नेछन्।

डिशहोम गोको नयाँ संस्करण एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको बताइएको छ। प्रयोगकर्ताहरूले नयाँ एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्ने र आईओएस प्रयोगकर्ताका लागि नयाँ एप केहि दिनमा लाइभ हुने कम्पनीले जनाएको छ।

गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न डिशहोमले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको डिशहोम गोले जनाएको छ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.