4 weeks ago
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ ।
जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् ।
जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका प्रिन्सिपलले सम्झौतामा हस्ताक्षर गर्दै क्रिकेट खेलको विकास र शिक्षामा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
सम्झौता अनुसार कलेजले करिब २५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने बुझिएको छ । क्लबका खेलाडीले प्रयोग गर्ने हेलमेट, क्याप र ह्याडसमा म्यानेजमेन्टको लोगो प्रयोग हुनेछ । जनकपुरका अनिल साह र व्याटर शुभ कंस्कार यसै कलेजमा अध्ययन गरेका कारण सम्झौतालाई नवीकरण गरिएको प्रिन्सिपल जोशीले जानकारी दिए ।
‘म्यानेजमेन्टले लामो समयदेखि खेलकुदको क्षेत्रमा लगानी गरिरहेको छ । हामी जनकपुरसँग जोडिन पाउँदा असाध्यै खुशी छौं’, प्रिन्सिपल जोशीले भने ।
क्लबका सहलगानीकर्ता सिग्दलले यो वर्ष उपाधि रक्षा गर्ने अभियानका साथ टोली तयार पारेको दाबी गरे । एनपिएलको दोस्रो संस्करण मंसिर १ गते काठमाडौंमा हुँदैछ । त्रिवी क्रिकेट मैदानमा हुने प्रतियोगिताको दोस्रो संस्करण फ्ल्डलाइटमा खेलाउने तयारी भइरहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]