default_image

4 weeks ago

November 15, 2025

नामिबियाका स्मिथ लुम्बिनी लायन्समा

501 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लागि नामिबियाका अलराउन्डर जेजे (जोहानेस जोनाधान) स्मिथलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले यो सिजनका लागि अनुबन्ध गरेको स्मिथ पाँचौ विदेशी खेलाडी हुन्। लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्द, इटलीका पेस बलर थोमस ड्राका, अफगानिस्तानका अलराउण्डर गुल्बादिन नहब र नामिवियाके बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गरेको‌ थियो ।

नामिबियाका लागि टि ट्वान्टी टोलीको कप्तानी गरिसकेका स्मिथलाई अनुबन्ध गर्दै लुम्बिनीले ब्याटिङ र बलिङ दुवै सन्तुलित हुने विश्वास लिएको छ। ३० बर्षे नामिबियाका लागि ४ वटा टि ट्वान्टी आईमा कप्तानी गरेका छन् ।

सन् २०२४ मार्चमा नामिबियाले नेपाल भ्रमण गर्दा स्मिथले नै नामिबियाको टोलीको कप्तानी गरेका थिए । बायाँ हाते ब्याटर र बायाँ हाते मिडियम पेसर बल्लर स्मिथले २०१८ मा नामिबियाका लागि डेब्यु गरेका थिए ।

स्मिथ नामिबियाका लागि टि‌ ट्वान्टी आईमा सर्वाधिक रन बनाउने र विकेट लिनेमा दोस्रो स्थानमा छन् । जेजे उनले नामिबियाका लागि ५२ ओडिआई र ६७ टि‌ ट्वान्टी आई खेलेका छन् । उनले ओडिआईमा ५६ र टि ट्वान्टी आई मा ६६ विकेट लिएका छन् ।

उनले २०२२ मा युगान्डा विरुद्ध खेलमा खेल जीवनको उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएका थिए।  सो‌ क्रममा स्मिथ नामिबियाको लागि ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका थिए।

स्मिथले ३ पटक टि ट्वान्टी विश्वकप खेलेका छन् । २०२१ र २०२४ को टि ट्वान्टी विश्वकप उनी टोलीको उपकप्तान स थिए । उनीसँग नेपालमा आएर खेलेको अनुभव छ । लिग टु क्रिकेटमा उनले कीर्तिपुरमा आएर खेलिसकेका छन्।

लुम्बिनी लायन्स – रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, विलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल

विदेशी खेलाडी – डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नइब, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ ।

ट्यालेन्ट हन्ट – समिर अली

 

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.