default_image

4 weeks ago

November 15, 2025

एनपिएलबाट ४२ करोड भन्दा बढी आम्दानी हुने अनुमान

1410 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणबाट नेपाल क्रिकेट संघ (क्यान) ले ४२ करोड रुपैयाँ भन्दा बढी रकम आम्दानी गर्ने अनुमान गरेको छ।

एनपिएल सुरु हुन २ दिन बाकी रहँदा आज क्यानले पत्रकार सम्मेलन आयोजना गरेर प्रायोजक बाट १५ करोड भन्दा बढी रकम प्राप्त हुने जानकारी दिएको छ। ८ फ्रेन्चाइज टोलीबाट ९ करोड प्राप्त गर्ने तथा टिकटबाट ८ देखि १२ करोड प्राप्त हुने क्यानको अनुमान छ।

यसैगरी पहिलो पटक ओटिटी प्लयाटफर्म पनि क्यानले बेचेको छ। डिशहोमलाई ५ करोड ३० लाख रुपैयाँ ओटिटी अधिकार बेचेको क्यानले जनाएको छ।

यसबाट डिशहोमले गरेको कुल आम्दानीमा ५ करोड ३० लाख घटाएर बाँकी रकम ७१ प्रतिशत क्यानले र २९ प्रतिशत डिस होमले प्राप्त गर्ने सम्झौता भएको क्यानका कोषाध्यक्ष एवम गभर्निङ काउन्सिलका सह-संयोजक पदम बहादुर खड्काले जानकारी दिए।

यो पटक स्टार स्पोर्ट्ससँगै नेपालको टेलिभिजनबाट पनि एनपिएल प्रत्यक्ष प्रसारण हुने भएको छ। नेपाली टेलिभिजनको लागि कम्तीमा १ करोडको प्रसारण अधिकार बेच्न टेन्डर आव्हान गरिएको छ। जसको घोषणा आज हुनेछ।

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले प्राविधिक र आर्थिक तयारी लगभग पूरा भइसकेको जनाए। उनले भने, ‘हामीले छोटो बोर्ड बैठक पनि सम्पन्न गरेका छौँ। यो वर्ष एनपिएलले पाउने चर्चा र उचाइलाई अझ ठूलो बनाउने हाम्रो लक्ष्य हो।’

क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्काले पहिलो संस्करणको पुरस्कार राशीलाई नै निरन्तरता दिएको जनाए।

यो वर्ष फ्लड लाइटमा क्रिकेट सबैभन्दा ठूलो परिवर्तन भएको पनि उनले बताए। “ग्राउण्डमा सकिने सबै सुधार गरेका छौँ। हामी खेल मात्र खेल्दै छैनौँ, क्रिकेटलाई उद्योगका रूपमा उभ्याउने प्रयासमा छौं’, सचिव खड्काले भने।

फ्लड लाइटको विषयमा प्राविधिक रुपमा सबै काम सकिएको र कुनै समस्या नहुनेमा विश्वस्त रहेको पनि उनले बताए। साथै सुरक्षाको लागि नेपाल प्रहरी तथा प्राइभेट सेक्युरिटीलाई पनि जिम्मेवारी दिएको जानकारी दिए।‌

एनपिएलको अनुमानित आम्दानी

प्रायोजक – १५ करोड रुपैयाँ

फ्रेन्चाइज टोलीबाट – ९ करोड रुपैयाँ

टिकट विक्री – ८ देखि १२ करोड रुपैयाँ

ओटिटी अधिकार – ५ करोड ३० लाख रुपैयाँ

टिभी राइट्स – १ करोड

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.