4 weeks ago
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरेर अमेरिकालाई १० विकेटले हराएसँगै भारतमा जारी नेत्रहीन महिला टि ट्वान्टी क्रिकेट को सेमिफाइनलमा पुगेको छ।
नेपालले आजअमेरिकालाई ९.४ ओभरमा १७ रनमा अलआउट गर्यो। नेपालका लागि दिलसरा धमलाले ३ र सरिता घिमिरेले १ विकेट लिइन् ।
१८ रनको लक्ष्य नेपालले झनै ४ बलमा पूरा गरेको थियो। दिलसराले नटआउट १२ रन बनाइन् । दिलसरा प्लेयर अफ दि म्याच बनिन् ।

सन् २००६ को तेस्रो नेत्रहीन विश्वकप मा पाकिस्तानले वेस्ट इन्डिजलाई २१ रनमा अलआउट गरेको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएको छ।
नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका र तेस्रो खेलमा अस्ट्रेलियालाई हराएको थियो। भारतसँग भने नेपाल पराजित भएको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]