default_image

4 weeks ago

November 16, 2025

कप्तान रोहितलाई फिनिक्स कलेजको छात्रवृत्ति

1653 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन्।

रोहितले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा भर्ना भएका छन् । उनलाई कलेजले पूर्ण छात्रवृत्ति दिएको छ।

रोहित जस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास व्यक्त गरेको छ।

कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने,’हामी देशका लागि योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ। शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।’

यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टोलीका अन्य खेलाडीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुबै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ।

काठमाडौंको मैतीदेवीमा रहेको फिनिक्स लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एमबिएबी तथा बिबिए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । हाल कलेजमा लिंकन विश्वविद्यालय अन्तर्गतका एमबिए, बिबिए, बिएचएम, एमसिएस र बिआइटी कार्यक्रम संचालित छन्।

रोहितको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले सोमवार सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा प्रतिस्पर्धा गर्दैछ। एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछ।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.