4 weeks ago
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि सोनु देवकोटालाई टोलीमा समावेश गरेको छ ।
ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी नटराजन साह घाइते भएपछि सोनु देवकोटालाई आफ्नो टोलीमा समावेश गरिएको काठमान्डु गोर्खाजले जनाएको छ । कार्तिक १९ गते भएको ट्यालेन्ट हन्टबाट उत्कृष्ट हुँदै नटराजन ‘आइकोनिक खेलाडी’ को रुपमा गोर्खाजको टोलीमा समावेश भएका थिए । तर अभ्यासको क्रममा उनी घाइते भएपछि सोनुलाई समेटिएको हो ।
गोर्खाजका प्रशिक्षक वसन्त शाहीको अनुसार नटराजनको बायाँ खुट्टाको मांसपेशीमा समस्या आएको र कम्तीमा दुई साता विश्राम गर्नुपर्ने भएको छ । ट्यालेन्ट हन्टबाट गोर्खाजले ५ खेलाडीलाई डेभलपमेन्ट टोलीमा राखेको थियो । सोहि टोलीमा रहेका सोनु देवकोटाले नटराजनको स्थानमा गोर्खाजको टोलीमा स्थान लिएका हुन् । सोनुले यसअघि बागमती प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
काठमाडौंले एनपिएलको पहिलो खेलमा सोमबार साविक विजेता जनकपुर बोल्ट्सको सामना गर्दैछ । काठमाडौंको कप्तानमा करण केसी र मुख्य प्रशिक्षकमा मोन्टि देशाई रहेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]