4 weeks ago
November 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनर रहने छ । सोमवार सुरु हुने एनपिएलमा गोर्खाजका खेलाडीको जर्सीको अगाडि भागमा फोन पेको लोगो हुनेछ ।
यसका लागि काठमान्डु गोर्खाज र फोन पे बीच सम्झौता भएको छ । सम्झौतामा गोर्खाजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरजसिंह ठकुरी र फोन पेका सिइओ दिवासकुमारले हस्ताक्षर गरेका थिए ।
‘हामी एनपिएल सिजन २ मा काठमान्डु गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौ, फोन पेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रयोगलाई प्रर्वद्धधन गर्न पहलहरुलाई निरन्तर अघि बढाइरहेको छ । हामी विश्वास गर्छौ की खेलकुदले मानिसहरुलाई एकत्रित गर्छ र यस्तै भावना बोकेको टोलीसँग साझेदारी गर्न पाउदा हामी उत्साहित छौं,’ फो पेका प्रमुख कार्यकारी दिवासकुमारले भने ।
काठमान्डु गोर्खाजका सिइओ ठकुरीले फोन प्रति आभार व्यक्त गर्दै भने, ‘यो समर्थनले टोलीलाई प्रतिस्पर्धात्मक एनपीएलका लागि थप उर्जावन र आत्मविश्वासी बनाएको छ ।’
एनपिएलको यस पटकको यात्रामा काठमाडौं गोर्खाजको मुख्य प्रायोजकमा वर्ल्ड लिंक, गोल्ड पार्टनर शिखर इन्स्योरेन्स, ड्रिङ्क पार्टनर एक्सट्रिम इनर्जी ड्रिङ्क, लाइफ इन्सुरेन्स पार्टनर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, अफिसियल एजुकेशन पार्टनर आईआईएमएस कलेज र एब्रोर्ड स्टडी पार्टनर केआईईसी, नलेज पार्टनर जाम्बोरी र अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]