default_image

4 weeks ago

November 17, 2025

पाकिस्तानको क्लिन स्विप, श्रीलंकाको हार

565 views

0 Bookmark

एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ।

घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

पाकिस्तानले खराब सुरुआत गर्‍यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली ८-१ बनेको थियो। त्यसपछि बाबर आजम र फखर जमनले पारी सम्हाल्दै ७४ रनको साझेदारी गरे। फखरले ५५ रन बनाए।

३४ रन बनाएर बाबर आउट भएपछि पाकिस्तान केही दबाबमा परेको थियो। तर रिजवान र हुसेन तलतले पाकिस्तानी इनिङ सम्हाले । रिजवान ६१ रन र तलत ४२ रनमा नटआउट रहँदै टोलीलाई जिताए दिलाए ।

त्यसअघि, श्रीलंकाले ४५.२ ओभरमा २ सय ११ रन बनाएको थियो। पथुम निसंका, कमिल मिसारा र कुशल मेंडिसले सुरुआतमा केही रन जोडे।

पाकिस्तानी बलर मोहम्मद वासिम जुनियरले ३ विकेट लिए। फैसल अखरम र ह्यारिस रउफले समान २ विकेट हात पारे।

श्रीलंकाको कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेन। सदिरा समाराविक्रमा सर्वाधिक ४८ रनजोडे।
पाकिस्तानी बलिङ र ब्याटिङ दुवै उत्कृष्ट रहेकाले टोलीले सजिलै सिरिज क्लिन स्विप गर्‍यो।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.