default_image

4 weeks ago

November 17, 2025

काठमाडौंले पहिला बलिङ गर्ने

632 views

0 Bookmark

काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ।

टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले‌ टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ।

जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन सकेको थिएन। जनकपुर अनिल शाहको कप्तानीमा रहेको छ।

यो पटक च्याम्पियन बन्न ८ फ्रेन्चाइज टोलीले २७ दिन, कुल ३२ खेल खेल्नेछन्।‌ फाइनल खेल मंसिर २७ गते हुनेछ।

यो पटक पहिलो संस्करणको जतिकै विजेताले १ करोड १० लाख, दोस्रो हुने टिमले ५१ लाख र तेस्रो हुने टोलीले १५ लाख नगद पुरस्कार राशी प्राप्त गर्नेछ।

टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल हुँदैछ। जुन नेपाली क्रिकेटको लागि विशेष दिन पनि हो।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.