default_image

4 weeks ago

November 17, 2025

प्रधानमन्त्री कार्कीद्वारा एनपिएलको उद्घाटन

481 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आज प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी छिन्।

टियु रंगशालाको सुरक्षा व्यवस्था हाई अलर्टमा रहेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए।

उनले आज नेपाल प्रहरी १ हजार ९ सय, सश्स्त्र प्रहरी २ सय ५० तथा प्रइभेट सेक्युरिटी र स्वयमसेवक गरी करिब ४ सय परिचालन गरिएको जानकारी दिए।

जसले गर्दा सुरक्षा कर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। पहिलो पटक पाराफिटमा बसेर दर्शकहरुले क्रिकेट हेर्न पाउँदैछन्। जहाँ जोन र गेट पनि छुट्टाइएको छ। खल्तीबाट अनलाईन टिकट किनेकाहरुको लागि अलग अलग काउन्टर राखिएको छ। जसले गर्दा टिकट खरिद र मैदान प्रवेश सहज बनेको छ।

टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल हुँदैछ। जहाँ एनपिएलको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सको सामना काठमाडौं गोर्खाजले गर्दैछ। उद्घाटन अघि हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.