default_image

4 weeks ago

November 17, 2025

जनकपुरद्वारा काठमाडौंलाई सामान्य लक्ष्य प्रस्तुत

731 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले जनकपुर नोल्ट्सलाई १ सय ३१ रनको सामान्य चुनौती दिएको छ।

टियु क्रिकेट मैदानमा काठमाडौंका करण केसीले‌ टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङमा आएको जनकपुरले २० ओभरमा ६ बियकेट गुमाएर १ सय ३० रन बनायो।

पहिलो पावर प्लेमा जनकपुरले २ विकेट गुमाएर ४० रन मात्र बनायो। ओपनरद्वय आशिफ शेख र लाहिरू मिलान्थाले पहिलो तीन ओभरमा ३२ रन बनाए। चौथो ओभरमा करणले १ रन मात्र दिए। यसपछि मिलिन्द कुमारले पाँचौ ओभरमा २ विकेट झारे।

७ रन बनाएका मिलिन्द पाँचौं ओभरको तेस्रो बलमा आउट भए। यसपछि कप्तान अनिल शाह सामना गरेको दोस्रो बलमा रनको खाता नखोली मिलिन्दको बलमा जेराड इरासमसद्वारा क्याच आउट भए।

मिलिन्दले नै तेस्रो विकेट लिए। जान निकोल लोफ्टी २ रनमा बोल्ड आउट भए। ३ विकेटको नोक्सानीमा जनकपुरले मात्र ४२ रन बनाउँदै कमजोर सुरूवात गर्यो।

नवौं ओभरमा सञ्जय कृष्णमुर्ती चौथो विकेटको रूपमा आउट भए। २ रन जोडेका उनी सन्तोष यादवको बलमा आउट भए। क्रिजमा टिकेका ओपनर आशिफले ३७ बलमा अर्धशतक बनाए। ३७ बल खेल्दै ६ चौका र १ छक्का सहित ५१ रन जोडे। अर्धशतक बनाए लगतै उनी ५४ रनना साहाब आलामको बलमा आउट भए।

आशिफ आउट हुँदा जनकपुरले १३ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा ७८ रन मात्र बनाएको थियो। लाहिरु समाराकुन २३ रन जोडेर आउट भए भने मयंक यादव रनमा ३४ रनमा अविजित रहे।

बलिङमा मिलिन्दले सर्वाधिक ३ विकेटले लिए। ४ ओभरमा उनले मात्र १५ रन दिए। करण, साहब र सन्तोषले १-१ विकेट लिए।

त्यसअघि प्रधानमन्त्री सुशीला कार्कीले एनपिएलको उद्घाटन गरेकी थिइन्। यो पटक च्याम्पियन बन्न ८ फ्रेन्चाइज टिमले २७ दिन, कुल ३२ खेल खेल्नेछन्।‌ फाइनल खेल मंसिर २७ गते हुनेछ।

यो पटक पहिलो संस्करणको जतिकै विजेताले १ करोड १० लाख, दोस्रो हुने टिमले ५१ लाख र तेस्रो हुने टिमले १५ लाख नगद पुरस्कार राशी प्राप्त गर्नेछन्। टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल भैरहेको छ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.