3 weeks ago
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)-दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई जितको लागि १ सय ६७ रनको लक्ष्य दिएको छ।
कप्तान कुशल मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६६ रन बनायो।
दुई विदैशी खेलाडी म्याक्स ओ डाउड र प्रियंक पाञ्चलले राम्रो सुरूवात दिलाए। उनीहरूले पहिलो पावर प्लेमा ५५ रन जोडे। यी दुईले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे।
म्याक्स सेफ जेबको बलमा बोल्ड आउट भए। उनले २० रन बनाए। ८ ओभर ५ बलमा चितवनले पहिलो विकेट निकाल्यो।
वान डाउनमा पनि विदेशी खेलाडी मार्क वाल्ट क्रिजमा छिरे। क्रिजमा रहेका प्रियंकले २८ बलमा अर्धशतक बनाए। उनले ४ चौका र ३ छक्का सहित ५० रन जोडे। यी दुईले दोस्रो विकेटको लागि ६३ रनको साझेदारी गरे।
प्रियंकले सानदार ब्याटिङ गरे। ४८ बल खेल्दै ७ चौका र ६ छक्कासहित ९० रन बनाए । उनी रवि बोपराको बलमा देव खनालद्वारा क्याच आउट भए।
चौथो विकेटको रूपमा मार्क वाट २१ बल खेल्दै १६ रनमा सोहेलको बलमा आउट भए। यतिखेर कर्णालीले १ सय ४० रन बनायो। पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का सहित अविजित २७ रन बनाए। नाझिबिल्लाह जर्डान अविजित ४ रन बनाए।
बलिङमा सोहेल, सेफ र रविले समान विकेट लिए। आज विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]