3 weeks ago
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)-दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई जितको लागि १ सय ६७ रनको लक्ष्य दिएको छ।
कप्तान कुशल मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६६ रन बनायो।
दुई विदैशी खेलाडी म्याक्स ओ डाउड र प्रियंक पाञ्चलले राम्रो सुरूवात दिलाए। उनीहरूले पहिलो पावर प्लेमा ५५ रन जोडे। यी दुईले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे।
म्याक्स सेफ जेबको बलमा बोल्ड आउट भए। उनले २० रन बनाए। ८ ओभर ५ बलमा चितवनले पहिलो विकेट निकाल्यो।
वान डाउनमा पनि विदेशी खेलाडी मार्क वाल्ट क्रिजमा छिरे। क्रिजमा रहेका प्रियंकले २८ बलमा अर्धशतक बनाए। उनले ४ चौका र ३ छक्का सहित ५० रन जोडे। यी दुईले दोस्रो विकेटको लागि ६३ रनको साझेदारी गरे।
प्रियंकले सानदार ब्याटिङ गरे। ४८ बल खेल्दै ७ चौका र ६ छक्कासहित ९० रन बनाए । उनी रवि बोपराको बलमा देव खनालद्वारा क्याच आउट भए।
चौथो विकेटको रूपमा मार्क वाट २१ बल खेल्दै १६ रनमा सोहेलको बलमा आउट भए। यतिखेर कर्णालीले १ सय ४० रन बनायो। पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का सहित अविजित २७ रन बनाए। नाझिबिल्लाह जर्डान अविजित ४ रन बनाए।
बलिङमा सोहेल, सेफ र रविले समान विकेट लिए। आज विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]