default_image

3 weeks ago

November 18, 2025

चितवनसँग कर्णाली पराजित

725 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्स ४ विकेटले हराउदै विजयी सुरुवात गरेको छ।

जितको लागि १ सय ६७ रनको लक्ष्य पछाएको चितवनले १९.१ मा ६ विकेट गुमाउँदै पूरा गर्यो। चितवनले सुरुवात राम्रो गर्न सकेन । पहिलो पावर प्लेमा मात्र ४१ रन जोड्दा २ विकेट गुमाइसकेको थियो।

ओपनर डाविट मलान ६ रनमा उनिश सिंहको बलमा आउट भए। यतिखेर चितवनले २२ रन जोडेको थियो। लगतै देव खनाल दुर्भाग्यपुर्ण रन आउट हुन पुगे। उनिशको बलमा दीपक बोहरा स्ट्राइकमा थिए।

उनले प्रहार गरेको बललाई कट-एण्ड बोल्डबाट थोरैले चुके। उनको हातमा छोएर गएको बल नन स्ट्राइक एन्डको स्टम्पमा लाग्यो। यो बेला देव अगाडि बढेका थिए। जसको कारण उनी रन आउट हुन पुगे। दुई बल खेलेर २ रनमा देव पबिलियन फर्किए।

तेस्रो विकेटको रूपमा दीपक बोहरा युवराज खत्रीको बलमा सोमपालद्वारा क्याच आउट भए। उनले ३६ बलमा ६ चौका र १ छक्का सहित ४२ रन जोडे। उनी आउट हुँदा चितवनले ६७ रन मात्र बनाएको थियो।

१० ओभरको समाप्तिमा ६९ रन मात्र जोडेर दबाबमा रहेको चितवनले यसपछिको ३ ओभरमा ३१ रन जोड्न सफल रहयो। चौधौं ओभरमा २० रन बनाएका कुशल मल्ल दोमपालको बलमा गुल्सनद्वारा क्याच आउट भए। उनी आउट हुँदा चितवनले १ सय १ रन बनाएका थिए।

त्यसपछि १५ औं ओभरको अन्तिम बलमा सेफ जेबले ८ जीवनदान पाए। युवराज खत्रीको बलमा नन्दन यादवले क्याच छुटाए। जुन छक्कामा परिणत भयो। यो नै कर्णालीको लागि घातक बन्यो।

रवि बोपरा र सेफ जेबले चितवनलाई जिततर्फ अगाडि बढाए। चितवनलाई जितको लागि १८ बलमा २७ रन जरूरी थियो। १८ औं ओभरमा सेफले लगातार दुई छक्का प्रहार गरेपछि चौथो बलमा सेफ सोमपालको बलमा एलबओडब्लज धरापमा परे। १६ बलमा दुई चौका र चार छक्का सहित उनले ३८ रनको पारी खेले।

त्यसपछि १२ बलमा जितको लागि १३ रन जरूरी थियो। जहाँ ३५ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। रवि ५२ रनमा आउट भए। यसपछि सोहेल तनबीरले छक्का प्रहार गर्दै टिमलाई ४ विकेटको जित दिलाए।

बलिङमा सोमपालले २ विकेट लिए।‌ यस्तै उनिश, मार्क र युवराजले एक-एक विकेट लिए।

त्यसअघि कप्तान कुशल मल्लले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि कर्णालीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६६ रन बनायो।

दुई विदैशी खेलाडी म्याक्स ओ डाउड र प्रियंक पाञ्चलले राम्रो सुरूवात दिलाए। उनीहरूले पहिलो पावट प्लेमा ५५ रन जोडे। यी दुईले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। म्याक्स सेफ जेबको बलमा बोल्ड आउट भए। उनले २० रन बनाए। ८ ओभर ५ बलमा चितवनले पहिलो विकेट निकाल्यो।

वान डाउमा पनि विदेशी खेलाडी मार्क वाल्ट क्रिजमा छिरे। क्रिजमा रहेका प्रियंकले २८ वलमा अर्धशतक बनाए। उनले ४ चौका र ३ छक्का सहित ५० रन जोडे। यी दुईले दोस्रो विकेटको लागि ६३ रनको साझेदारी गरे। प्रियंकले सानदार ब्याटिङ गरे। ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे। उनी रवि बोपराको बलमा देव खनालद्वारा क्याच आउट भए।

चौथो विकेटको रूपमा मार्क वाट २१ बल खेल्दै १६ रनमा सोहेलको बलमा आउट भए। यतिखेर कर्णालीले १ सय ४० रन बनायो। पवन सराफले १६ बलमा १ चौका र ३ छक्का सहित अविजित २७ रन बनाए। नाझिबिल्लाह जर्डान अविजित ४ रन बनाए।

बलिङमा सोहेल, सेफ र रविले एक-एक विकेट लिए। आज हुने दोस्रो खेलमा भने विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल्नेछ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.