3 weeks ago
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ।
विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे।
जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा समेटियो। दोस्रो ओभरको चौथो बलमा ७ रन बनाएका दिनेश खरेल प्रतिश जिसीको बलमा आउट भए। यतिखेर पोखराले १२ रन बनाएको थियो।
त्यसपछि एडम रोसिङटन र कप्तान कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे। पोखराले पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७७ रन जोड्यो।
जारी एनपिएलमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो। यी दुईले दोस्रो विकेटको लागि ७६ रनको साझेदारी गरे। सातौं ओभरको अन्तिम बलमा रोसिङटन एडम शुभमको बलमा एलबिडब्लु धरापमा परे। उनले २१ बलमा ५ चौका र २ छक्का सहित ३९ रन जोडे।
एडम आउट भएपछि आठौं ओभरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले २ महत्वपूर्ण विकेट लिए। यो सँगै विराटनगरले सानदार कमब्याक गर्यो। जेम्स निसमलाई गोल्डेन डक आउट गरे। त्रित दास पनि रनको खाता नखोली सन्दीपको बलमा बोल्ड आउट भए। यो ओभरमा सन्दीपले मात्र ३ रन दिएर २ विकेट लिंदा पोखरा दबाबमा आयो।
पाँचौ विकेटको रूपमा किरण ठगुन्ना आउट भए। ८ रन बनाएका उनी सूर्य तामाङको बलमा मार्टिन गप्टिलद्वारा समातिए। ५ विकेटको नोक्सानीमा पोखराले १ सय ३ रन बनाएको थियो।
यसपछि कप्तान कुशलले २५ बलमा ५ चौका र ३ छक्का सहित अर्धशतक बनाए। कुशललाई अन्य खेलाडीले साथ दिएनन्। अभिषेक तिवारी ११ रनमा आउट भए।
सातौं विकेटको रूपमा कुशल ५९ रनमा आउट भएपछि भने पोखराको हार लगभग निश्चित भएको थियो। ३१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे। उनी सातौं विकेटको रूपमा आउट हुँदा पोखरालाई जितको लागि ३५ बलबाट ९२ रन आवश्यक थियो।
बलिङमा सन्दीप , प्रतिश, मर्चेन्ट डि लाङ्गे र शुभमले २/२ विकेट लिए।
त्यसअघि पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ सय २० रन बनाएको छ। यसअघि पहिलो संस्करणमा विराटनगरले लुम्बिनीविरूद्ध १ सय ९२ रन चेज गर्दै १ सय ९३ रन बनाएको थियो।
विराटनगरले आज दोस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमायो। जर्ज मुन्सेला १० रनमा म्याट टेलरकको बलमा आउट भए। यतिखेर विराटनगरले १४ रन मात्र बनाएको थियो। पहिलो पावर प्लेमा १ विकेट गुमाएर विराटनगरले ५५ रन बनायो।
लोकेश बम र गप्टिल क्रिजमा छाउँदा चौका र छक्काको वर्षात नै गरे। मार्टिनले २८ बलमा ३ चौका र ४ छक्का सहित अर्धशतक बनाए। १० ओभरको समाप्तिमा विराटनगरले १ विकेटको नोक्सानीमा १ सय १ रन जोड्न सफल भयो। यी दुई ब्याटरले पोखराका बलरलाई निरिह नै बनाए।
लोकेशले ३७ औं बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाए। यो क्रममा उनले ५ छक्का प्रहार गरे। लोकेश र गप्टिलले शतकीय साझेदारी गरे। १ सय ३२ रनको साझेदारी गरेर गप्टिल ६१ रनमा आउट भए। उनले ३५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे।
एनपिएलमा यो दोस्रो सर्वाधिक साझेदारी हो। यसअघि पहिलो संस्करणमा दिनेश खरेल र एन्ड्रेस गसले १ सय ७६ रनको साझेदारी गरेका थिए।
लोकेश ७२ रनमा कुशल भुर्तेलको बलमा विपि खत्रीद्वारा क्याच आउट भए। उनले ४८ बल खेलेर १ चौका र ७ छक्का प्रहार गर्दै प्रभावशाली प्रदर्शन गरे। उनी आउट हुँदा विराटनगरले १५.३ ओभरमा १ सय ५७ रन बनाएको थियो।
शुभमने १६ बलमा ३ चौका र २ छक्का सहित ३८ रन जोडेर रन आउट भए। नारायण जोशी अविजित ११ रनमा रहे। बलिङमा म्याट टेलरले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए। सागर ढकाल र कुशल भुर्तेलले १/१ विकेट लिए।
त्यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयी सुरूवात गरेको हो। भोलि काठमाडौं गोर्खाज र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौंले हिजो जनकपुरलाई ५ विकेटले हराएको थियो।
–विराटनगरले २ सय २० रन बनाएको हुनुपर्नेमा अन्यथा भएको क्षमा चाहान्छौं।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]