3 weeks ago
November 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको फाइनलिष्ट सुदूरपश्चिम रोयल्सको सामना काठमाडौं गोर्खाजले गर्दैछ।
टस जितेर काठमाडौंले बलिङ निर्णय गर्दा सुदूरले ब्याटिङ गर्नेछ। सुदूरपश्चिम राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको छ। सुदूर जितका साथ यो पटक सानदार सुरूवात गर्ने दाउमा छ।
करण को कप्तानीमा रहरको काठमाडौं भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। काठमाडौंले पहिलो खेलमा जनकपुर रोयल्सलाई ५ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरिसकेको छ।
सुदूरको टिममा दुई विदेशी ओपनर भएपनि यो पटक भने सेफ जेब र ब्रान्डन म्याककलम विना उत्कृष्ट प्रदर्शन गर्ने चुनौती रहनेछ।
काठमाडौं भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको नेतृत्वमा रहेको छ। आक काठमाडौंले सुरुवाती ११ मा एक परिवर्तन गरेको छ। जेराड इरासमसको स्थानमा सनी पटेलले खेल्नेछन् ।
यसअघि काठमाडौंसँगै विराटनगर किङ्स र चितवन राइनोजले विजयी सुरुवात गरिसकेका छन्।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]