default_image

3 weeks ago

November 19, 2025

सुदूरपश्चिमका हर्मितको विष्फोट ब्याटिङ, काठमाडौंलाई चुनौतीपूर्ण लक्ष्य

306 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको फाइनलिष्ट सुदूरपश्चिम रोयल्सको काठमाडौं गोर्खाजलाई १ सय ४८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।

काठमाडौंले‌ सानदार सुरुवात गर्दा हर्मित सिंहको बिष्फोटक ब्याटिङमा सुदूर खेलमा फर्कियो।काठमाडौंका करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि सुदुरले २० ओभरमा १० विकेट गुमाउँदै १ सय ४७ रन बनायो।

कप्तान करणले बलिङको सुरूवात गरे। उनले टिमलाई ड्रिम स्टार्ट दिए। दोस्रो बलमा जस ब्राउनलाई एलोबिडब्लु धरापमा पारे। करणले पहिलो विकेट लिंदा सुदरले रनको खाता खोल्न सकेको थिएन।

यही ओभरको अन्तिम बलमा करणले अर्का ओपनर विनोद भण्डारीलाई भीम सार्कीद्वारा क्याच आउट भए। उनी पनि रन नजोडी आउट भए। पहिलो ओभरमा करणले मात्र १ रन दिएर २ ओपनरलाई पबिलियनको बाटो देखाईदिए।

दोस्रो ओभरमा पनि साहब आलामले पनि मात्र १ रन दिए। सुरूवाती २ विकेट गुमेपछि क्रिस लिनबाट बढी अपेक्षा गरिएको थियो। तर उनलाई पनि करणले नै आउट गरे। २ रन बनाएका उनी मिलिन्द कुमारद्वारा समातिए। यतिखेर ३ विकेटको नोक्सानीमा मात्र ४ रन बनाएर सुदुरले निकै संघर्ष गर्यो।

छैटौं ओभरको अन्तिम बलमा मिलिन्द कुमारले इशान पाण्डेलाई ११ रनमा आउट गरे। काठमाडौंले सानदार सुरूवात गर्दै पहिलो पावर प्लेमा काठमाडौंलाई २७ रनमा रोक्यो। यतिखेर सुदुरले ४ विकेट पनि गुमाईसकेको थियो।

पाँचौं विकेटकप रूपमा आरिफ शेख २५ रनमा रसिद खानको बलमा एलबिडब्लु आउट भए। ९ ओभर ४ बलमा सुदरले ५ विकेटको नोक्सानीमा मात्र ५२ रन बनाएको थियो। यसपछि १० औं ओभरको अन्तिम बलमा १२ रनमा रहेका दीपेन्द्रले जीवनदान पाए। रसिद खानको बलमा साहबले क्याच ड्रप गरे।

यसपछि १४ औं ओभरको पहिलो बलमा नरेन साउदको क्याच आदिल अलामले ड्रप गरे। आदिलले क्याच सामत्ने प्रयाश भने तारिफयोग्य गरेका थिए। तर अर्को बलमा नरेन आउट भए। मिलिन्दकप बलमा भीम सार्कीद्वारा क्याच आउट हुन पुगे। ६ विकेटको नोक्सानीमा सुदरले ७२ रन जोडेको थियो।

१५ ओभरको समाप्तीमा ८० रन जोडेर संघर्ष गरेको सुदरले १६ औं र १७ औं ओभरमा रनको वर्षा गर्यो। हर्मित सिंहले बिष्फोटक ब्याटिङ गरे। १६ औं ओभरमा २१ रन बन्यो। हर्मितको ३ छक्का प्रहार गरे। यसपछि १७ औं ओभरमा करण केसी बलिङमा आए। २ ओभर बलिङ गर्दा २ रन दिएर ३ विकेट लिएका कराणले यो बलमा २४ रन खाए। हर्मितले एक चौका र लगातार ३ छक्का प्राहर गरे। हर्मितले पनि ४७ रनमा जीवनदान पाए। भीम सार्कीले क्याच छुटाए।

दीपेन्द्र र हर्मितले सातौं विकेटको लागि ६१ रनको साझेदारी गरेर दीपेन्द्र ३९ रनमा रसिद खानको बलमा आउट भए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। लगतऔ स्कट कुगेलिन १ रनमा सनि पटेलको बलमा बोल्ड आउट भए। बिष्फोटक ब्याटिङ गरेर इनिङ्सलाई उकासेका हर्मितले १९ बलमा अर्धशतक बनाए। उनले २ चौका र ६ छक्का प्रहार गरे। ५३ रन जोडेर उनी सनि पटेलको बलमा सहाबको बलमा समातिए।

बलिङमा करण केसीले सर्वाधिक ४ विकेट लिए। ४ ओभरमा ३० रन दिए। मिलिन्द सनि र रसिदले २/२ विकेट झारे। काठमाडौं लगातार दोस्रो जितको खोजीमा रहँदा सुदुरको यो पहिलो खेल हो।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.