default_image

3 weeks ago

November 19, 2025

काठमाडौंमाथि सुदूरपश्चिमको रोमान्चक जित

1008 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जितका साथ विजयी सुरुवात गरेको छ। सुदूरले आज काठमाडौं गोर्खाजलाई २९ रनले हरायो । सुदूरको जितमा हर्मित सिंहको प्रदर्शन दमदार रहयो ।

जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याउँदै काठमाडौं १६.५ ओभरमा अल आउट हुँदै १ सय १८ रनना समेटियो ।

दोस्रो ओभरको पाँचौं बलमा ओपनर बेन चाल्सवर्थ ८ रनमा हेमन्त धामीको बलमा आउट भए । पहिलो विकेटको नोक्सानीमा काठमाडौंले १८ रन बनाएको थियो।

वान डाउनमा क्रिजमा छिरेका भीम सार्की १२ रनमा हेमन्तको बलमा आरिफ शेखद्वारा क्याच आउट भए । लगत्तै सन्तोष यादव १ रनमा रन आउट भए । ३ विकेटको क्षतिमा काठमाडौंले ३९ रन बनायो । पहिलो पावर प्लेमा काठमाडौंले ५० रन जोडेको थियो ।

क्रिजमा आकाश त्रिपाठी र जोन सिम्पसन थिए । १० ओभरको समाप्तिमा ८७ रन बनाएको काठमाडौंलाई जितको लागि ६० बलबाट ६१ रन जरुरी थियो । जोन र आकाशले चौथो विकेटको लागि ४९ रनको साझेदारी गरेपछि ११ औं ओभरमा जोन २४ रनमा आउट भए । जोनलाई इशान पाण्डेले बोल्ड आउट गरे । त्यसपछि सुदूपश्चिमले उत्कृष्ट पुनरागमन गर्यो ।

१२ औं ओभरमा हर्मितले २ विकेट लिए । ३४ रन बनाएका आकाशलाई जस ब्राउनद्वारा क्याच आउट गराए । आकाशले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा हर्मितले हिटर आदिललाई गोल्डेन डक आउट गरे । काठमाडौंले १२ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ९६ रन बनायो ।

मिलिन्द कुमारलाई नरेन साउदले आउट गरे । ११ रनमा उनी आउट हुँदा काठमाडौंलाई जितको लागि ३२ बलमा ४२ रन जरूरी थियो । काठमाडौंसँग अन्तिम ३ विकेट बाँकी थियो । यो सँगै खेल रोमाञ्चक बन्यो । लगत्तै आठौं विकेटको रूपमा रसिद खान मात्र ६ रनमा स्कट कुगलेनको बलमा आउट भए । उनी आउट हुँदा २८ बल ३८ रन जरुरी थियो ।

काठमाडौं दबाबमा आयो । कप्तान करण केसीलाई पटक पनि स्कटले १ रनमा पनिलियन फर्काइ दिए । १ सय १२ रनको स्थितिमा काठमाडौंले नवौं विकेट गुमाउँदा सुदूरपश्चिम खेलमा हाबी बन्यो ।

१० रन बनाएका सनी पटेल अभिनाष बोहराको बलमा कप्तान दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भएसँगै सुदूरपश्चिम जित आफ्नो पक्षमा पार्न सफल भयो । बलिङमा स्कट, हेमन्त र हर्मितले २/२ तथा अविनाश, नरेन र इशानले १/१ विकेट लिए।

त्यसअघि काठमाडौंका करणले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि सुदुरले २० ओभरमा १० विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।

करणले बलिङमा ड्रिम स्टार्ट दिए । दोस्रो बलमा जस ब्राउनलाई एलोबिडब्लु धरापमा पारे । करणले पहिलो विकेट लिँदा जसले रनको खाता खोल्न सकेका थिएनन् । त्यही ओभरको अन्तिम बलमा करणले अर्का ओपनर विनोद भण्डारीलाई भीमद्वारा क्याच आउट गराए । उनी पनि रन नजोडी आउट भए । पहिलो ओभरमा करणले मात्र १ रन दिएर दुवै ओपनरलाई पेभेलियनको बाटो देखाई दिए ।

दोस्रो ओभरमा पनि साहब आलामले पनि मात्र १ रन दिए। सुरूवाती २ विकेट गुमेपछि क्रिस लिनबाट बढी अपेक्षा गरिएको थियो। तर उनलाई पनि करणले नै आउट गरे। २ रन बनाएका उनी मिलिन्द कुमारद्वारा समातिए। त्यतिखेर ३ विकेटको नोक्सानीमा मात्र ४ रन बनाएर सुदूरपश्चिम निकै संघर्ष गर्यो ।

छैटौं ओभरको अन्तिम बलमा मिलिन्दले इशान पाण्डेलाई ११ रनमा आउट गरे । काठमाडौंले सानदार सुरुवात गर्दै पहिलो पावर प्लेमा काठमाडौंलाई २७ रनमा रोक्यो। यतिखेर सुदूरपश्चिम ले ४ विकेट पनि गुमाइ सकेको थियो।

पाँचौं विकेटकप रुपमा आरिफ शेख २५ रनमा रसिद खानको बलमा एलबिडब्लु आउट भए। ९.४ ओभरमा सुदूरपश्चिमले ५ विकेटको नोक्सानीमा मात्र ५२ रन बनाएको थियो। यसपछि १० औं ओभरको अन्तिम बलमा १२ रनमा रहेका दीपेन्द्रले जीवनदान पाए। रसिद खानको बलमा साहबले क्याच ड्रप गरे।

त्यसपछि १४ औं ओभरको पहिलो बलमा नरेनको क्याच आदिल अलामले ड्रप गरे। आदिलले क्याच सामत्ने प्रयास तारिफयोग्य थियो। तर अर्को बलमा नरेन आउट भए। मिलिन्दको बलमा भीमद्वारा क्याच आउट हुन पुगे। ६ विकेटको नोक्सानीमा सुदरले ७२ रन जोडेको थियो।

१५ ओभरको समाप्तिमा ८० रन जोडेर संघर्ष गरेको सुदरले १६ औं र १७ औं ओभरमा रनको वर्षा गर्यो।

हर्मितले विष्फोटक ब्याटिङ गरे। १६ औं ओभरमा २१ रन बन्यो। हर्मितको ३ छक्का प्रहार गरे। यसपछि १७ औं ओभरमा करण बलिङमा आए।

२ ओभर बलिङ गर्दा २ रन दिएर ३ विकेट लिएका कराणले यो बलमा २४ रन खाए। हर्मितले १ चौका र लगातार ३ छक्का प्राहर गरे। हर्मितले पनि ४७ रनमा जीवनदान पाए। भीमले क्याच छुटाए।

दीपेन्द्र र हर्मितले सातौं विकेटको लागि ६१ रनको साझेदारी गरे।‌ दीपेन्द्र ३९ रनमा रसिद खानको बलमा आउट भए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। लगत्तै स्कट कुगेलेइन १ रनमा सनीको बलमा बोल्ड आउट भए।

विष्फोटक ब्याटिङ गरेर इनिङ्सलाई उकासेका हर्मितले १९ बलमा अर्धशतक बनाए। उनले २ चौका र ६ छक्का प्रहार गरे। ५३ रन जोडेर उनी सनि पटेलको बलमा सहाबको बलमा समातिए।

बलिङमा करणले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ३० रन दिए। मिलिन्द सनि र रसिदले २/२ विकेट झारे।

काठमाडौंले २ खेलमा २ अंक जोडेको छ। सुदूरपश्चिम पहिलो खेलमै जितका साथ २ अंक जोडेको छ। भोलि लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.