3 weeks ago
November 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो दिन आज चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।
टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जितेपछि चितवन पहिले ब्याटिङमा उत्रनेछ। खेल ४ बजे टियु मैदानमा सुरु हुनेछ।
आज चितवनले सुरूवाती ११ मा विपिन आचार्यको स्थानमा अमर सिंह राउटेलाई खेलाएको छ। लुम्बिनीले भने ट्यालेन्ट हटबाट छानिएका खेलाडी समिर अलीलाई सुरुवाती ११ मा स्थान दिईएको छ।
लुम्बिनीको यो पहिलो खेल हो। चितवनको भने यो दोस्रो खेल हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। लुम्बिनी भने जितका साथ लिग सुरु गर्ने दाउमा रहनेछ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी गत संस्करण लिगको पुछारमा रहेको थियो। त्यसैले यो पटक टोलीलाई उत्कृष्ट प्रदर्शन गर्ने चुनौती रहेको छ। टेष्ट कोटा पाउने टोली लुम्बिनी हो। अफगानिस्तानका अल राउन्डर
गुल्बिदीन नईब तथा मिडल अर्डरमा रोहित र सन्दीप जोराको प्रदर्शन पनि महत्त्वपूर्ण रहन सक्छ।
चितवनले कर्णालीलाई हराउँदा दुई विदैशी खेलाडी म्याक्स ओ डाउड र प्रियंक पाञ्चलले ओपनिङमा राम्रो प्रदर्शन गरेका थिए।
चितवनले फ्लड लाईटको अनुभव पनि लिसकेको छ। लुम्बिनीले आज खेलेसँगै ८ वटा टोलीले नै पहिलो चरण पूरा गर्नेछ। चितवनको यो दोस्रो खेल हो। काठमाडौंले भने दोस्रो खेल खेलिसकेको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]