default_image

3 weeks ago

November 20, 2025

लुम्बिनीलाई मध्यम चुनौती

542 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितको लागि १ सय ४३ रनको मध्यम चुनौती दिएको छ।

टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो। लुम्बिनीले पहिलो ओभरको दोस्रो बलमा नै पहिलो विकेट निकाल्न सफल रहयो।

रुबेन ट्रम्पलमानले डाविड मिलानलाई गोल्डेन डक आउट गरे। १ रनमा १ विकेट गुमाएको चितवनले चौथो ओभरमा अर्का ओपनर दीपक बोहरालाई गुमायो। अभिषेश गौतमको बलमा स्टम्पिङ आउट भए। दीपक १० रनमा आउट हुँदा चितवनले १६ रन बनाएको थियो। पहिलो पावर प्लेमा चितवनले ३२ रन मात्र बनाएको थियो।

निरन्तर अन्तरालमा विकेट झार्न सफल लुम्बिनीले आठौं ओभरमा देव खनाललाई अभिषेशले सन्दीप जोराद्वारा कमयाच आउट गराए। देव १९ बल खेलेर १४ रनना आउट भए। उनी पहिलो खेलमा रन आउट भएका थिए।

१० ओभरमा चितवनलाई ५१ रनमा समेटेर लुम्बिनी दबाब बनाउन भने सफल रहयो। सेर मल्ले १२ रन बनाएको अवस्थामा कुशल मल्लको रिटर्न क्याच छुटाए। कुशल मल्ल र रवि बोपराले चौथो विकेटको लागि ४४ रनको साझेदारी गरे। कुशल २१ बलमा रूबेनको बलमा आउट भए। चौथो विकेट गुमाउँदा चितवनले ८७ रन बनाएको थियो।

क्रिजमा जमेका रविले ४५ बलमा अर्धशतक बनाए। उनले ४४ बलमा ४ चौका र २ छक्का सहित ५२ रन बनाए।‌ उनको यो लगातार दोस्रो अर्धशतक हो।‌ यसअघि पहिलो खेलमा कर्णाली विरूद्ध अर्धशतक बनाएका थिए। उनले इनिङ्स उकासे।

यसपछि सेफ र बोपराले पाँचौं विकेटको लागि ४१ रनको साझेदारी गरे। १५ रन बनाएका सेफ जेब रुबेनको बलमा रोहतद्वारा क्याच आउट भए। लगतै गुल्बिदीन नईबले रवि बोपराको ठुलो विकेट लिए। ५५ बल खेल्दै ४ चौका र ३ छक्का सहित ६६ रनको पारी खेले।

बलिङमा रूबेनले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए। अभिषेश र गुल्बिदीनले २/२ विकेट लिए।

लुम्बिनीको यो पहिलो खेल हो। चितवनको भने यो दोस्रो खेल हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै विजयी सुरूवात गरेको थियो।

आज चितवनले सुरूवाती एघारमा विपिन आचार्यको स्थानमा अमर सिंह राउटेलाई खेलाएको छ। लुम्बिनीले भने ट्यालेन्ट हटबाट छानिएका खेलाडी समिर अलिलाई सुरूवाती एघारमा स्थान दिएको छ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.