default_image

2 weeks ago

November 20, 2025

लुम्बिनीलाई मध्यम चुनौती

535 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितको लागि १ सय ४३ रनको मध्यम चुनौती दिएको छ।

टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो। लुम्बिनीले पहिलो ओभरको दोस्रो बलमा नै पहिलो विकेट निकाल्न सफल रहयो।

रुबेन ट्रम्पलमानले डाविड मिलानलाई गोल्डेन डक आउट गरे। १ रनमा १ विकेट गुमाएको चितवनले चौथो ओभरमा अर्का ओपनर दीपक बोहरालाई गुमायो। अभिषेश गौतमको बलमा स्टम्पिङ आउट भए। दीपक १० रनमा आउट हुँदा चितवनले १६ रन बनाएको थियो। पहिलो पावर प्लेमा चितवनले ३२ रन मात्र बनाएको थियो।

निरन्तर अन्तरालमा विकेट झार्न सफल लुम्बिनीले आठौं ओभरमा देव खनाललाई अभिषेशले सन्दीप जोराद्वारा कमयाच आउट गराए। देव १९ बल खेलेर १४ रनना आउट भए। उनी पहिलो खेलमा रन आउट भएका थिए।

१० ओभरमा चितवनलाई ५१ रनमा समेटेर लुम्बिनी दबाब बनाउन भने सफल रहयो। सेर मल्ले १२ रन बनाएको अवस्थामा कुशल मल्लको रिटर्न क्याच छुटाए। कुशल मल्ल र रवि बोपराले चौथो विकेटको लागि ४४ रनको साझेदारी गरे। कुशल २१ बलमा रूबेनको बलमा आउट भए। चौथो विकेट गुमाउँदा चितवनले ८७ रन बनाएको थियो।

क्रिजमा जमेका रविले ४५ बलमा अर्धशतक बनाए। उनले ४४ बलमा ४ चौका र २ छक्का सहित ५२ रन बनाए।‌ उनको यो लगातार दोस्रो अर्धशतक हो।‌ यसअघि पहिलो खेलमा कर्णाली विरूद्ध अर्धशतक बनाएका थिए। उनले इनिङ्स उकासे।

यसपछि सेफ र बोपराले पाँचौं विकेटको लागि ४१ रनको साझेदारी गरे। १५ रन बनाएका सेफ जेब रुबेनको बलमा रोहतद्वारा क्याच आउट भए। लगतै गुल्बिदीन नईबले रवि बोपराको ठुलो विकेट लिए। ५५ बल खेल्दै ४ चौका र ३ छक्का सहित ६६ रनको पारी खेले।

बलिङमा रूबेनले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए। अभिषेश र गुल्बिदीनले २/२ विकेट लिए।

लुम्बिनीको यो पहिलो खेल हो। चितवनको भने यो दोस्रो खेल हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै विजयी सुरूवात गरेको थियो।

आज चितवनले सुरूवाती एघारमा विपिन आचार्यको स्थानमा अमर सिंह राउटेलाई खेलाएको छ। लुम्बिनीले भने ट्यालेन्ट हटबाट छानिएका खेलाडी समिर अलिलाई सुरूवाती एघारमा स्थान दिएको छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.