3 weeks ago
November 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले जितका साथ नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको सुरुवात गरेको छ।
लुम्बिनीले आज चितवन राइनोजलाई ६ विकेटले हराएको छ । दोस्रो खेलमा चितवनको यो पहिलो हार हो ।
जितको लागि १ सय ४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो। लुम्बिनीको लागि सन्दीप जोरा र डार्सी सर्ट ओपनिङ ब्याटिङको लागि आए। सन्दीप ओपनिङमा आएको यो पहिलो पटक हो।
लुम्बिनीले दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमायो। डार्सी सर्ट ६ बल खेलेर १ चौका र १ छक्का सहित ११ रनमा रिजन ढकालको बलमा बोल्ड आउट भए। त्यसअघि डार्सी १० रनमा रहेको अवस्थामा दीपक बोहराले क्याच ड्रप गरेका थिए। पहिलो विकेटको नोक्सानीमा लुम्बिनीले २४ रन बनाएको थियो।
डार्सी आउट भएपछि कप्तान रोहित पौडेल क्रिजमा छिरे। दोस्रो विकेटको रुपमा सन्दीप २८ रनमा आउट भए। रिजनको बलमा कुशल मल्लद्वारा क्याच आउट भए। लुम्बिनीले ५.४ ओभरमा २ विकेटको नोक्सानीमा ५१ रन बनाएको थियो।
क्रिजमा रोहित रोहित र दीलिप नाथ थिए। १० ओभरमा ७३ रन जोड्दा लुम्बिनीलाई जितको लागि ६० बलमा ७० रन बनाउनु पर्ने थियो। रोहितसँग ३० रनको साझेदारी गरेर दिलीप रन आउट भए। उनी १० रनमा आउट हुँदा टिमले ८१ रन बनाएको थियो।
बलिङमा कमजोर रहेको चितवनले चौथो विकेट लिने राम्रो मौका गुमायो। कमल ऐरीको बलमा २९ रनमा रहेका गुल्बदीनको क्याच सोहेल तनबिरले छुटाए। त्यसपछि ४४ बलमा ३९ रन बनाएका रोहितलाई सोहेलले आउट गरे। उनी आउट हुँदा लुम्बिनीलाई जितको लागि २ रन आवश्यक थियो।
गुल्बदीनल २४ बलमा ३ चौका र ३ छक्का सहित ४४ रनमा अविजित रहे। चितवनका रिजनले २ विकेट लिंदा सोहेलले १ विकेट झारे ।

त्यसअघि टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो।
लुम्बिनीले पहिलो ओभरको दोस्रो बलमा नै पहिलो विकेट निकाल्न सफल रहयो। रुबेन ट्रम्पलमानले डाविड मिलानलाई गोल्डेन डक आउट गरे।
१ रनमा १ विकेट गुमाएको चितवनले चौथो ओभरमा अर्का ओपनर दीपक बोहरालाई गुमायो। अभिषेश गौतमको बलमा स्टम्पिङ आउट भए। दीपक १० रनमा आउट हुँदा चितवनले १६ रन बनाएको थियो। पहिलो पावर प्लेमा चितवनले ३२ रन मात्र बनाएको थियो।
आठौं ओभरमा देव खनाललाई अभिषेशले सन्दीपद्वारा क्याच आउट गराए। देव १९ बल खेलेर १४ रनमा आउट भए। उनी पहिलो खेलमा रन आउट भएका थिए।
१० ओभरमा चितवनलाई ५१ रनमा समेटेर लुम्बिनी दबाब बनाउन सफल रहयो। सेर मल्ले १२ रन बनाएको अवस्थामा कुशलको रिटर्न क्याच छुटाए। कुशल र रवि बोपराले चौथो विकेटको लागि ४४ रनको साझेदारी गरे। कुशल २१ बलमा रुबेनको बलमा आउट भए। चौथो विकेट गुमाउँदा चितवनले ८७ रन बनाएको थियो।
क्रिजमा जमेका रविले ४५ बलमा अर्धशतक बनाए। उनले ४४ बलमा ४ चौका र २ छक्का सहित ५२ रन बनाए। उनको यो लगातार दोस्रो अर्धशतक हो। पहिलो खेलमा उनले कर्णाली विरुद्ध पनि अर्धशतक बनाएका थिए।
त्यसपछि सेफ र बोपराले पाँचौं विकेटको लागि ४१ रनको साझेदारी गरे। १५ रन बनाएका सेफ जेब रुबेनको बलमा रोहितद्वारा क्याच आउट भए। लगत्तै गुल्बिदीन नईबले रविको ठूलो विकेट लिए। ५५ बल खेल्दै ४ चौका र ३ छक्का सहित ६६ रनको पारी खेले।
बलिङमा रुबेनले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए। अभिषेश र गुल्बिदीनले समान २ विकेट लिए।
२ खेलमा १ जित र १ हार सहित चितवनले २ अंक जोडेको छ। लुम्बिनीले पहिलो खेलबाट २ अंक बनाएको छ।
गत सिजन पुछारमा रहेको लुम्बिनीले एक मात्र जित चितवन विरुद्ध निकालेको थियो। यो पटक भने लुम्बिनीले पहिलो खेलमा नै चितवनलाई हरायो। भोलि पोखरा राइनोज र सुदुरपश्चिम रोयल्सबीचको खेल दिउँसो ४ बजे सुरु हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]