3 weeks ago
November 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा राइनोजबीच खेल हुँदैछ। पोखराले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रनेछ। पहिलो खेलमा पनि सुदरपश्चिमले पहिले ब्याटिङ गरेको थियो। आज पोखराले २ खेलाडी परिवर्तन गरेको छ। विपिन खत्री र सुमित बर्मालाई खेलाउँदा त्रितराज र म्याट टेलरलाई ड्रप गरिएको छ। सुदूरपश्चिमले भने कुनै पनि परिवर्तन गरेको छैन।
सुदूरपश्चिम आज लगातार दोस्रो खेल जित्ने दाउमा रहनेछ। सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराएको थियो। पोखरा भने पहिलो जितको दाउमा रहनेछ। पोखरा विराटनगरसँग हारेको थियो।
सुदूरपश्चिमले काठमाडौंलाई हराउँदा विदेशी खेलाडी हर्मित सिंहले अल राउन्ड प्रदर्शन गरेका थिए। साथै कप्तान दीपेन्द्र सिंह ऐरीको जिम्मेवारीपूर्ण पारी महत्वपूर्ण रहेको थियो।
पोखराले एनपिएलकै सर्वाधिक लक्ष्य पछाउने क्रममा कुशल भुर्तेलले अर्धशतक बनाएका थिए। अन्य खेलाडी चल्न सकेनन्।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]