2 weeks ago
November 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित हात पारेको छ।
सुदूरपश्चिमले आज पोखरा एभेन्जर्सलाई १८ रनले हरायो। पोखराको यो लगातार दोस्रो हार हो।
सुदूरपश्चिमको जितमा जस ब्राउन र विनोद भण्डारीको शतकीय साझेदारी, ब्राउनको विष्फोटक ब्याटिङ प्रमुख रह्यो।
पोखराको लागि कप्तान कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्।
जितको लागि १ सय ९४ रनको चुनौती पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रनमा समेटियो।
कमजोर बलिङ गरेको पोखराले ब्याटिङको सुरुवात पनि निराशाजनक गर्यो। पहिलो ओभरको पाँचौं बलमा ओपनर एडम रसिङ्गटन रन आउट भए। पहिलो विकेटको नोक्सानीमा टोलीले ३ रन मात्र बनाएको थियो।
अर्का ओपनर दिनेश खरेल पनि मात्र ६ रनमा हर्मित सिंहको बलमा हेमन्त धामीद्वारा समातिए। ८ रन बनाउँदा दोस्रो विकेट गुमाएको पोखराले २० रन जोड्दा तेस्रो विकेट गुमायो। किरण ठगुन्ना ९ रनमा हर्मितकै बलमा पबिलियन फर्किए। पहिलो पावर प्लेमा चितवनले मात्र २५ रन बनाउँदै खराब सुरुवात गर्यो।
तर यसपछि कप्तान कुशल र जेम्स निशमले खेलमा फर्कने प्रयास गरे। सातौँ देखि १०औं ओभरमा ४५ रन जोडे। १० ओभरको समाप्तिमा पोखराले ७० रन बनायो।
क्रिजमा जमेका निशम विरूद्ध १२ औं ओभरमा बलिङमा आएका दीपेन्द्र सिंह ऐरीले पहिलो २ बलमा २ छक्का खाए। तर तेस्रो बलमा भने ४७ रन बनाएका निशमलाई बोल्ड आउट गरे। ९५ रनको अवस्थामा निशमलाई गुमाएपछि फेरि पोखरा संकटमा पर्यो।
लगत्तै सुमित बर्मा नरेन साउदको बलमा दीपेन्द्रद्वारा क्याच आउट भए। उनले मात्र ६ रन बनाए। यसपछि कुशलले ३१ बल खेल्दै ४ चौका र ४ छक्का सहित अर्धशतक बनाए। उनको यो लगातार दोस्रो अर्धशतक हो।
अर्धशतक बनाए लगत्तै उनी ५३ रन जोडेर स्कटको बलमा आउट भए। कुशल आउट हुँदा पोखरालाई २६ बलबाट ६८ रन जोड्नु थियो। जुन लगभग असंभव जस्तै थियो। पोखरा हार नजिक पुग्यो।
अभिषेक १३ बलमा ३ रन बनाएर अभिनाश बोहराको बलमा आउट भए। यतिखेर ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो।
आठौं क्रमका ड्यानले १६ बलमा १ चौका र ५ छक्का सहित ३७ रन जोडेर हेमन्तको बलमा आउट भए। यो सँगै पोखराले १८ रनको हार बेहोर्यो।
बलिङमा हर्मितले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए। अविनाश, स्कट, दीपेन्द्र, हेमन्त, अविनाश र नरेनले १/१ विकेट लिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९३ रन जोड्यो।
ओपनर जस ब्राउन र विनोद भण्डारीले सानदार सुरुवात दिलाए। पहिलो दुई ओभरमा १८ रन बनाएको टोलीका लागि ब्राउनले तेस्रो ओभरमा टि ट्वान्टीको फ्लेभर दिए। आकाश चन्दको बलिङमा ब्राउनले पहिलो ३ बलमा चौका र एक छक्का सहित २० रन जोडे। पहिलो पावर प्लेमा सुदूरपश्चिमले ६० रन बनायो।
क्रिजमा छाएका ब्राउनले २९ बलमा ५ चौका ३ छक्का सहित अर्धशतक बनाए। १० ओभर १ बलमा विनोदले १ रन जोडेसँगै १ सय रनको साझेदारी गरे।
त्यसपछि १०.४ ओभर मा पोखराका जेम्स निशमले पहिलो विकेट निकाले। १ सय ८ रनको सानदार साझेदारी गरेर ब्राउन ६८ रनमा आउट भए। विष्फोटक ब्याटिङ गरेका उनले ३५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
त्यसपछि वान डाउनमा क्रिस लिन क्रिजमा छिरे। लिनले विनोदसँग २० बलमा ३४ रनको साझेदारी गरे। जहाँ लिनले मात्र १३ बलमा ४ चौका र २ छक्का सहित ३१ रनको विष्फोटक ब्याटिङ गरे। उनी निशमको बलमा अभिषेक तिवारीद्वारा क्याच आउट भए। दोस्रो विकेट गुमाउँदा सुदूरपश्चिमले १३ ओभरमा १ सय ४२ रन बनाएको थियो।
सुदूरपश्चिमले १६ औं ओभरमा तेस्रो विकेट गुमायो। १० बलमा १ चौका र १ छक्का सहित १५ रनमा ड्यान डाउथवेटको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए। यसपछि ओपनर विनोद ४२ बलमा ४३ रन जोडेर आकाश चन्दको बलमा आउट भए।
त्यसपछि कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन, हर्मित सिंह ४ रन, स्कट कुगेलिन ५ रन र आरिफ शेख विना रन आउट भए।
बलिङमा निशम सर्वाधिक ३ विकेट लिए। ४ ओभरमा उनले ४७ रन दिए। यस्तै आकाश चन्द र ड्यान डाउथवेटले समान २ विकेट झारे।
पोखराले आजको खेलमा विपिन खत्री र सुमित बर्मालाई खेलाउँदा त्रितराज र म्याट टेलरलाई ड्रप गरेको थियो। सुदूरपश्चिमले कुनै पनि परिवर्तन गरेन ।
भोलि पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स तथा दोस्रो खेलमा काठमाडौं र विराटनगरबीच खेल हुनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]