3 weeks ago
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं दिन आज कर्णाली याक्स र लुम्बिनी लायन्स खेल हुँदैछ। टस जितेर कर्णालीले बलिङ गर्ने निर्णय गरेको छ।
सोमपाल कामीले टस जितेपछि लुम्बिनीले पहिले ब्याटिङमा उत्रनेछ। आज कर्णालीले सुरुवाती ११ मा दुई परिवर्तन गरेको छ।
विल बोसिस्टो र विपिन प्रसाद शर्मालाई र सुरुवाती ११ मा स्थान दिइएको छ। लुम्बिनीले भने दिनेश अधिकारीको स्थानमा सुमित महर्जनलाई अवसर दिएको छ ।
लुम्बिनी लगातार दोस्रो जितको दाउमा रहनेछ। लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो। यता कर्णाली भने अंक जोड्ने प्रयासमा छ। कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो।
दुवै टिमले आज दोस्रो खेल खेल्दैछन्। जहाँ लुम्बिनी लगातार दोस्रो जितका साथ ४ अंक बनाउने दाउमा छ। यता कर्णाली भने पहिलो जित निकाल्दै पुनरागमन गर्न चाहन्छ।
लुम्बिनीको आज खेलमा पनि टेष्ट राष्ट्रका खेलाडी गुलबद्दीन नायबको प्रदर्शन प्रमुख रहन सक्छ। उनले पहिलो खेलमा अविजित ४४ रन जोड्दै २ विकेट लिएका थिए।
बलिङमा अर्का विदेशी खेलाडी रुबेन ट्रम्पलम्यानको प्रदर्शन उत्कृष्ट रहेको थियो। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पनि विदेशी खेलाडीको प्रदर्शनमा बढी निर्भर रहेको छ।
कर्णालीको लागि प्रियांक पञ्चालले ९० रन जोडेपनि बलिङमा कर्णाली कमजोर रहेको थियो। त्यसैले आज कर्णाली बलिङमा सजग हुनुपर्नेछ।
आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]