2 weeks ago
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितको १ सय ५७ रनको चुनौती दिएको छ।
टियु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो।
लुम्बिनीले सुरुवातमा निकै संंघर्ष गर्यो। पहिलो ओभरमा मात्र १ रन बनाएको लुम्बिनीले दोस्रो ओभरको तेस्रो बलमा ओपनर सन्दीप जोरालाई गुमायो। नन्दन यादवको बलमा विलियम बसिस्टोले आकर्षक क्याच लिए।
१ रन जोड्दा लुम्बिनीले पहिलो विकेट गुमायो। ४ ओभर सकिंदा लुम्बिनीले मात्र ७ रन जोडेको थियो। पावर प्लेलाई सदुपयोग गर्न नसकेको लुम्बिनीले छैटौं ओभरमा ४ चौका सहित १८ रन जोड्यो। यो सँगै पहिलो पावर प्लेमा ३६ रन बटुल्यो।
यसपछि सातौं र आठौं ओभरमा लुम्बिनीले २ विकेट गुमायो। डार्सी सर्ट १९ रनमा गुल्सन झाको बलमा आउट भए। यतिखेर टिमले ३७ रन बनाएको थियो।
तेस्रो विकेटको रूपमा ६ रन बनाएका दिलिप नाथलाई मार्क वाटले कट एन्ड बोल्ड गरे। तेस्रो विकेट गुमाउँदा लुम्बिनीले ४६ रन बनायो।
त्यसपछि गुल्बद्दिन नायबको ठुलो विकेट विपिन प्रसाद शर्माले लिए। उनी ७ रनमा एलबिडब्लु आउट भए। यो सँगै कर्णालीले लुम्बिनीलाई दबाब दिन सफल रहयो। टोलीले ६१ रनको स्थितिमा ४ विकेट गुमायो। सुमित ४ रनमा पबिलियनको फर्किए।
यसपछि कप्तान रोहित पौडेल अर्धशतकबाट मात्र एक रनले चुके। ४३ बलमा ४ चौका र २ छक्का सहित ४९ रन बनाएर सोमपालको बलमा नजिबल्लाह जड्रानद्वारा क्याच आउट भए। रोहित आउट हुँदा लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो।
अन्तिम ५ ओभरमा लुम्बिनीले ६८ रन बनाउँदै कमब्याक गर्यो। जेजे स्मिथ १४ बलमा २३ रन बनाएर आउट भए। रूबेन ट्रम्पलम्यानले १४ बलमा अविजित २९ रन बनाए। उनले १ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा नन्दन यादवले ४ ओभरमा रन दिएर २ विकेट लिए। यस्तै सोमपाल, गुल्सन, मार्क, विपिन र युवराजले १/१ विकेट लिए।
लुम्बिनी लगातार दोस्रो जितको दाउमा रहनेछ। लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो। यता कर्णाली भने अंक जोड्ने प्रयासमा छ। कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो।
आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]