default_image

2 weeks ago

November 22, 2025

वाटको शतकसँगै कर्णालीको सानदार जित

765 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मार्क वाटको सर्वाधिक छिटो शतकमा कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जित हात पारेको छ।

लुम्बिनी लायन्य्ाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको छ। वाट एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडी समेत बने।‌

जितको १ सय ५७ रनको चुनौती कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको नोक्सानीमा पूरा गरे।ओपनर प्रियंक पाञ्चल १२ रन जोडेर आउट हुँदा कर्णालीले ३८ रन बनाएको थियो। विलियम बसिस्टो क्रिजमा छिरे।

पहिलो पावर प्लेको सदुपयोग गर्दै कर्णालीले ६३ रन बनाएको छ। बसिस्टो र वाट लुम्बिनीका बलरलाई निरिह बनाए। यो क्रममा वाटले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अर्धशतक बनाए।

वाट क्रिजमा छाए। उनले चौका र छक्काको बर्षा नै गराए। उनले टिमलाई सहज जिततर्फ डोर्याए। वाट एक्लैले कर्णालीलाई जित दिलाउँदै प्रभावशाली प्रदर्शन गरे।

उनले ४१ बलमा ६ चौका र १० छक्का सहित शतक बनाए। एनपिएलको यो दोस्रो शतक हो। यो सर्वाधिक छिटो शतक बनेको छ। यसअघि पहिलो सिजनमा पोखराबाट खेलेका एन्ड्रेस गसले लुम्बिनी विरूद्ध नै ५५ बल खेल्दै अविजित १ सय ४ रन बनाएका थिए।

वाट एनपिएलमा व्यक्तिगत सर्वाधिक रन बनाउने खेलाडी समेत बने। सानदार प्रदर्शनमा‌ कर्णाली सहज जितका साथ अंकको खाता खोल्न सफल रहयो बलिङमा सेर मल्लले मात्र एक विकेट लिए।

यसअघि टियु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो।

लुम्बिनीले सुरुवातमा निकै संंघर्ष गर्यो। पहिलो ओभरमा मात्र १ रन बनाएको लुम्बिनीले दोस्रो ओभरको तेस्रो बलमा ओपनर सन्दीप जोरालाई गुमायो। नन्दन यादवको बलमा विलियम बसिस्टोले आकर्षक क्याच लिए। १ रन जोड्दा लुम्बिनीले पहिलो विकेट गुमायो। ४ ओभर सकिंदा लुम्बिनीले मात्र ७ रन जोडेको थियो।

पावर प्लेलाई सदुपयोग गर्न नसकेको लुम्बिनीले छैटौं ओभरमा ४ चौका सहित १८ रन जोड्यो। यो सँगै पहिलो पावर प्लेमा ३६ रन बटुल्यो।

त्यसपछि सातौं र आठौं ओभरमा लुम्बिनीले २ विकेट गुमायो। डार्सी सर्ट १९ रनमा गुल्सन झाको बलमा आउट भए। यतिखेर टिमले ३७ रन बनाएको थियो। तेस्रो विकेटको रूपमा ६ रन बनाएका दिलिप नाथलाई वाटले कट एन्ड बोल्ड गरे। तेस्रो विकेट गुमाउँदा लुम्बिनीले ४६ रन बनायो।

यसपछि गुल्बद्दिन नायबको ठूलो विकेट विपिन प्रसाद शर्माले लिए। उनी ७ रनमा एलबिडब्लु आउट भए। यो ‌सँगै कर्णालीले लुम्बिनीलाई दबाब दिन सफल रह्यो। ६१ रनको स्थितिमा ४ विकेट गुमायो।

कप्तान रोहित पौडेल अर्धशतकबाट मात्र एक रनले चुके। ४३ बलमा ४ चौका र २ छक्का सहित ४९ रन बनाएर सोमपालको बलमा नजिबल्लाह जड्रानद्वारा क्याच आउट भए। रोहित आउट हुँदा लुम्बिनीले १६ ओभर ४ बलमा ६ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो।

अन्तिम ५ ओभरमा लुम्बिनीले ६८ रन बनाउँदै कमब्याक गर्यो। जेजे स्मिथ १४ बलमा २३ रन बनाएर आउट भए। रूबेन ट्रम्पलम्यानले १४ बलमा अविजित २९ रन बनाए। उनले १ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा नन्दन यादवले ४ ओभरमा रन दिएर २ विकेट लिए।‌ सोमपाल, गुल्सन, वाट, विपिन र युवराजले समान १ विकेट लिए।‌

लुम्बिनीको यो पहिलो हार हो। टोलीलौ दुई खेलमा २ अंक बनाएको छ। कर्णालीले दोस्रो खेबाट २ अंक जोड्यो। विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच आज दोस्रो खेल हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.