3 weeks ago
November 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्क वाटको सर्वाधिक छिटो शतकमा कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जित हात पारेको छ।
लुम्बिनी लायन्य्ाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको छ। वाट एनपिएलमा सर्वाधिक रन जोड्ने खेलाडी समेत बने।
जितको १ सय ५७ रनको चुनौती कर्णालीले १२.२ ओभरमा मात्र १ विकेटको नोक्सानीमा पूरा गरे।ओपनर प्रियंक पाञ्चल १२ रन जोडेर आउट हुँदा कर्णालीले ३८ रन बनाएको थियो। विलियम बसिस्टो क्रिजमा छिरे।
पहिलो पावर प्लेको सदुपयोग गर्दै कर्णालीले ६३ रन बनाएको छ। बसिस्टो र वाट लुम्बिनीका बलरलाई निरिह बनाए। यो क्रममा वाटले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अर्धशतक बनाए।
वाट क्रिजमा छाए। उनले चौका र छक्काको बर्षा नै गराए। उनले टिमलाई सहज जिततर्फ डोर्याए। वाट एक्लैले कर्णालीलाई जित दिलाउँदै प्रभावशाली प्रदर्शन गरे।
उनले ४१ बलमा ६ चौका र १० छक्का सहित शतक बनाए। एनपिएलको यो दोस्रो शतक हो। यो सर्वाधिक छिटो शतक बनेको छ। यसअघि पहिलो सिजनमा पोखराबाट खेलेका एन्ड्रेस गसले लुम्बिनी विरूद्ध नै ५५ बल खेल्दै अविजित १ सय ४ रन बनाएका थिए।
वाट एनपिएलमा व्यक्तिगत सर्वाधिक रन बनाउने खेलाडी समेत बने। सानदार प्रदर्शनमा कर्णाली सहज जितका साथ अंकको खाता खोल्न सफल रहयो बलिङमा सेर मल्लले मात्र एक विकेट लिए।
यसअघि टियु क्रिकेट मैदानमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनायो।
लुम्बिनीले सुरुवातमा निकै संंघर्ष गर्यो। पहिलो ओभरमा मात्र १ रन बनाएको लुम्बिनीले दोस्रो ओभरको तेस्रो बलमा ओपनर सन्दीप जोरालाई गुमायो। नन्दन यादवको बलमा विलियम बसिस्टोले आकर्षक क्याच लिए। १ रन जोड्दा लुम्बिनीले पहिलो विकेट गुमायो। ४ ओभर सकिंदा लुम्बिनीले मात्र ७ रन जोडेको थियो।
पावर प्लेलाई सदुपयोग गर्न नसकेको लुम्बिनीले छैटौं ओभरमा ४ चौका सहित १८ रन जोड्यो। यो सँगै पहिलो पावर प्लेमा ३६ रन बटुल्यो।
त्यसपछि सातौं र आठौं ओभरमा लुम्बिनीले २ विकेट गुमायो। डार्सी सर्ट १९ रनमा गुल्सन झाको बलमा आउट भए। यतिखेर टिमले ३७ रन बनाएको थियो। तेस्रो विकेटको रूपमा ६ रन बनाएका दिलिप नाथलाई वाटले कट एन्ड बोल्ड गरे। तेस्रो विकेट गुमाउँदा लुम्बिनीले ४६ रन बनायो।
यसपछि गुल्बद्दिन नायबको ठूलो विकेट विपिन प्रसाद शर्माले लिए। उनी ७ रनमा एलबिडब्लु आउट भए। यो सँगै कर्णालीले लुम्बिनीलाई दबाब दिन सफल रह्यो। ६१ रनको स्थितिमा ४ विकेट गुमायो।
कप्तान रोहित पौडेल अर्धशतकबाट मात्र एक रनले चुके। ४३ बलमा ४ चौका र २ छक्का सहित ४९ रन बनाएर सोमपालको बलमा नजिबल्लाह जड्रानद्वारा क्याच आउट भए। रोहित आउट हुँदा लुम्बिनीले १६ ओभर ४ बलमा ६ विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो।
अन्तिम ५ ओभरमा लुम्बिनीले ६८ रन बनाउँदै कमब्याक गर्यो। जेजे स्मिथ १४ बलमा २३ रन बनाएर आउट भए। रूबेन ट्रम्पलम्यानले १४ बलमा अविजित २९ रन बनाए। उनले १ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा नन्दन यादवले ४ ओभरमा रन दिएर २ विकेट लिए। सोमपाल, गुल्सन, वाट, विपिन र युवराजले समान १ विकेट लिए।
लुम्बिनीको यो पहिलो हार हो। टोलीलौ दुई खेलमा २ अंक बनाएको छ। कर्णालीले दोस्रो खेबाट २ अंक जोड्यो। विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच आज दोस्रो खेल हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]