default_image

3 weeks ago

November 22, 2025

विराटनगरको लगातार दोस्रो जित

1150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ।

विराटनगरले आज काठमाडौं गोर्खाजलाई सहजै ५ विकेटले पराजित गर्यो। निराशाजनक ब्याटिङ गरेको काठमाडौंको यो दोस्रो हार हो।

जितको लागि १ सय ३५ रनको सहज विजय लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

पहिलो पावर प्ले‌मा १ विकेट गुमाएर ६७ रन बनाउँदै विराटनगर सहज जिततर्फ अगाडि बढ्यो। तेस्रो ओभरको चौथो बलमा ओपनर लोकेश बम १४ रनमा आउट भए। उनी करण केसीको बलमा सन्तोष यादवद्वारा क्याच आउट भए।

यसपछि जर्ज मुन्से र मार्टिन गप्टिलले इनिङ्स सम्हाल्दै दोस्रो विकेटको लागि ५३ रनको साझेदारी गरे। मुन्सेले १६ बलमा ५ चौका र २ छक्का सहित ३६ रन बनाए। उनी साहब अलामको बलमा एलबिडब्लु आउट भए। उनी आउट हुँदा विराटनगरलाई ७७ बलबाट ६० रन जोड्नुपर्ने थियो। बसिर अहमद १९ रनमा इरासमसको बलमा आउट भए। ११.४ ओभरमा ४ विकेट गुमाउँदा विराटनगरले ९९ रन बनाएको थियो।

लगतै साहबले गप्टिलको महत्वपूर्ण विकेट लिए। १९ बल खेल्दै २ चौका र १ छक्का सहित २५ रनमा गप्टिल पबिलियन फर्किए।

पाँचौं विकेटको रूपमा नरेन २४ रन जोडेर सन्तोष यादवको बलमा करणद्वारा कम्याच आउट भए। यसपछि कप्तान सन्दीप लामिछाने क्रिजमा छिरे। यतिखेर विराटनगरलाई जितको लागि २० बलबाट १० रन मात्र जरूरी थियो। विराटनगर जित नजिक पुगिसकेको थियो। सन्दीप ९ रनमा र शुभम अविजित ६ रन अविजित रहे।

बलिङमा साहबले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए।‌ करण, रसिद र सन्तोषले १/१ विकेट लिए।

यसअघि टस जितेर विराटनगरले बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङको लागि उतार्यो। काठमाडौंले २० ओभर‌ा ६ विकेट गुमाउँदै १ सय ३४ रनको योगफल बनायो। ६ ओभरमा २२ रन मात्र जोड्दा ३ विकेट गुमाउँदा निकै कमजोर सुरूवात गर्यो। मर्चेन्ट डि लाङ्गेले पहिलो ओभरको पाँचौं बलमा आकाश त्रिपाठीलाई आउट गरे। यतिखेर काठमाडौंले रनको खाता समेत खोल्न सकेको थिएन्।‌

तेस्रो ओभरमा काठमाडौंले दोस्रो विकेट लियो। रिकार्डो भासकोन्केलोस ३ रनमा रन आउट हुन पुगे। ७ रनमा २ विकेट गुमाएर सम्हालिन नपाउँदै काठमाडौंलाई तेस्रो झट्का लाग्यो। प्रतिक श्रेष्ठ ३ रनमा लाङ्गेको बलमा नै आउट भए। काठमाडौंले लगतै चौथो विकेट गुमायो। १० रन बनाएका गेराथ इरासमस सूर्य तामाङद्वारा कट एन्ड बोल्ड भए।

प्रभावशाली बलिङ गर्न सफल विराटनगरले २९ रन जोड्दा काठमाडौंको ४ विकेट लिंदै खेलमा दबाब बनायो। १० ओभरमा ४२ रन मात्र जोड्दा काठमाडौंले रन जोड्न निकै संघर्ष गर्यो। पाँचौं विकेटको रूपमा ओपनर बेन्स चार्लसवर्थ ३३ बलमा ३२ रन जोडेर आउट भए।

निराशाजनक प्रदर्शन गरेको काठमाडौंले १५ ओभरको समाप्तिमा ७१ रन मात्र जोड्न सक्यो। १८ औं ओभरमा २४ बलमा २६ रन जोडेका सन्तोष यादवलाई सन्दीपले जर्ज मुन्सेद्वारा क्याच आउट गरे।

संघर्ष गर्दै सुस्त गतिमा रन जोडेको काठमाडौंको लागि हिटर मोहम्मद आदिल आलमले टोलीको रन जोड्न महत्वपूर्ण पारी खेले। दुई पटक विराटनगरका खेलाडीले क्याच ड्रप गर्दा जीवनदान पाएका आदिलले २५ बलमा ४ चौका र २ छक्का सहित अवजित ४८ रनको योगदान दिए। बलिङमा लाङ्गेले २ तथा शुभम र सन्दीपले १/१ विकेट लिए।

विराटनगरले यसअघि पहिलो खेलमा पोखरालाई हराएको थियो। लगातारको दोस्रो जितमा उसले ४ अंक बनाएको छ। साविक विजेता जनकपुरलाई हराउँदै उत्कृष्ट सुरूवात गरेको काठमाडौ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग हारेको थियो। ३ खेलबाट उसले मात्र २ अंक बनाएको छ।‌

यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सललाई कर्णालीले ९ विकेटको लज्जास्पद हार चखाएको थियो। एनपिएलमा भोलि कुनै पनि खेल छैन।

सोमवार दुई खेल हुनेछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.