3 weeks ago
November 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)-भारतले दृष्टिविहीन महिला टि ट्वान्टी क्रिकेट विश्वकपको पहिलो संस्करणको उपाधि जितेको छ।
श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपाललाई ७ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।
भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन बनाउन सक्यो।
नेपालका लागि सरिता घिमिरेले ३३ रन, विमला राईले २६ रन र विनिता सोमाईले ९ रन बनाइन् । सुरुवातमै कप्तान विनिता पुन (४) र मनकेशी चौधरी (८) आउट भएपछि नेपाल दबाबमा परेको थियो।

१ सय १५ रनको लक्ष्य पछ्याएको भारतले ११.४ ओभरमै ३ विकेट गुमाएर १ सय १७ रन बनाएर सहज विजय हासिल गर्यो।
भारतका करुणा कुमारीले २७ बलमा ४२ रन र पुला सुरेनले २६ बलमा ४४ रन जोड्दै जितको आधार तयार गरे। नेपालका लागि सरिता घिमिरेले २ खेलाडीलाई रनआउट गरिन्। नेपालको टोलीमा १६ खेलाडी रहेका छन् ।
टोलीको प्रमुख प्रशिक्षक पुरनसिंह खत्री, सहायक प्रशिक्षक नरेन्द्र निरौला र व्यवस्थापक भगवती भट्टराई बराल छन् । प्रतियोगितामा नेपालसहित ७ राष्ट्र सहभागी थिए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]