3 weeks ago
November 24, 2025
काठमाडौं(हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज साविक विजेता जनकपुर बोल्ट्सले विराटनगर किंग्ससँग खेल्दैछ।
टस जितेर जनकपुरले पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगर पहिले ब्याटिङमा उत्रनेछ। आज विराटनगरले प्लइङ ११ मा कुनै परिवर्तन गरेको छैन। जनकपुरले २ परिवर्तन गरेको छ। आदित्य महता र संगित कुरेलाई अवसर दिंदा विका आग्री र लहिरु समारुकुनलाई ड्रप गरिएको छ।
आज जनकपुर पहिलो जितका साथ अंक जोड्दै कमब्याक गर्ने दाउमा रहेको छ। जनकपुर पहिलो खेलमा काठमाडौंसँग ५ विकेटले पराजित भएको थियो।
विराटनगर भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ। उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई तथा दोस्रो खेलमा काठमाडौंलाई हराउँदै ४ अंक जोडिसकेको छ।
विराटनगरले पहिलो खेलमा भने एनपिएलकै सर्वाधिक २ सय २० रनको योगफल बनाएको थियो। विदेशी खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ।
जनकपुर पछिल्लो सिजन भन्दा यो पटक केहि कमजोर देखिएको छ। उसले आज विराटनगको सामना गर्दा सुधारिएको प्रदर्शन गर्ने चुनौती रहेको छ।
आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल हुनेछ। अंक तालिकामा सुदूरपश्चिम र विराटनगरले समान ४ अंक जोडेको छ।
सुदुरपश्चिम रन रेटको आधारमा शीर्षस्थानमा रहेको छ। कर्णाली, लुम्बिनी, चितवन र काठमाडौंले २/२ अंक जोडेका छन्। जनकपुर र पोखराले मात्र अंकको खाता खोल्न सकेका छैन ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]