default_image

3 weeks ago

November 24, 2025

जनकपुरलाई सामान्य लक्ष्य

434 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्ससले जनकपुर रोयल्सलाई १ सय ३६ रनको चुनौती दिएको छ।

आज जनकपुरको बलिङ रणनीति सफल हुँदा विराटनगरले ठूलो योगफल बनाउन सकेन। जनकपुरले पहिलो १६ ओभर निरन्तर स्पिनरलाई मात्र बलिङमा प्रयोग गर्यो।

टियु क्रिकेट स्टेडियममा आज जनकपुरले टस जितेर बलिङ रोज्यो। विराटनगरले २० ओभरमा ७ विकेट गुुमाएर १ सय ३५ रन बनायो।

जनकपुरले बलिङमा स्पिनरलाई जिम्मेवारी दियो। दुवै एन्डबाट स्पिनर प्रयोग गर्दा जनकपुरले पहिलो पावर प्लेमा विराटनगरलाई मात्र ४० रनमा रोक्यो। त्यतिखेर विराटनगरले १ विकेट गुमाएको थियो।

ओपनर जर्ज मुन्से १० बलमा संगिथ कोरेको बलमा बोल्ड आउट भए। पहिलो विकेटको क्षतिमा विराटनगरलर मात्र २० रन बनाएको थियो। निरन्तर स्पिनरको अट्याकमा विराटनगरका खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन्।

१५ बलमा १ चौका सहित १३ रन जोडेर मार्टिन गप्टिल आदित्य महताको बलमा किशोर महतोद्वारा क्याच आउट भए। उनी आउट हुँदा टोलीको स्कोर ४५ रन थियो।

लगत्तै ओपनर लोकेश बम २६ बलमा २ चौका र १ छक्का सहित २८ रनमा संगिथको बलमा किशोरद्वारा समातिए। टप अर्डरका ३ ब्याटर आउट हुँदा विराटनगरले ५५ रन जोडेको थियो।

जनकपुरले १० ओभरसम्म निरन्तर स्पिनरले बलिङ गरे। जहाँ रन जोड्न विराटनगरले संघर्ष गर्यो। १० ओभरको समाप्तिमा मात्र ५८ रनमा रोकिंदा विराटनगर दबाबमा आयो।

पहिलो ओभरदेखि लगातार १६ ओभर स्पिनर प्रयोग गरेको जनकपुरले १७ औं ओभरमा भने पेश बलर किशोर महतोलाई बलिङमा ल्यायो।

१८ औं ओभरमा रूपेश सिंहले बसिर अहमद र शुभम राञ्जानेको ५२ रनको साझेदारी तोडे। बसिर चौथो विकेटको रूपमा पबिलियन फर्किए। ३५ बल खेल्दै ३ छक्का सहित ३६ रनमा आउट भए। उनी आउट हुँदा टिमले १ सय रन बनाएको थियो।

यही ओभरको अन्तिम बलमा रूपेशले २ रन बनाएका नारायण जोशीलाई आउट गरे। अन्तिम ओभरको दोस्रो बलमा रुपेशको बलमा शुभम विकेट किरप लोफ्टीद्वारा रन आउट हुन पुगे।

शुभम टोलीको लागि २९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन जोडे। लगत्तै अर्को बलमा मर्चान्ट डि लाङ्गे पनि रुपेशद्वारा रन आउट भए। उनले रनको खाता खोल्न सकेनन्।

बलिङमा रुपेशले २ ओभरमा १२ रन दिएर २ विकेट लिंदै किफायती बलिङ गरे। संगिथले ४ ओभरमा ३६ रन दिएर २ विजेट झारे। यस्तै आदित्यले १ विकेट आफ्नो नाममा लेखाए।

आज जनकपुर पहिलो जितका साथ अंक जोड्दै कमब्याक गर्ने दाउमा रहेको छ। जनकपुर पहिलो खेलमा काठमाडौंसँग हारेको थियो।

यता विराटनगर भने लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ। उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई तथा दोस्रो खेलमा काठमाडौंलाई हराउँदै ४ अंक जोडिसकेको छ।

अंक तालिकामा सुदूरपश्चिम र विराटनगरले समान ४ अंक जोडेको छ। सुदुर रन रेटको आधारमा शीर्षस्थानमा रहेको छ। कर्णाली, लुम्बिनी, चितवन र काठमाडौंले समान २ अंक जोडेका छन्।

जनकपुर र पोखराले मात्र अंकको खाता खोल्न सकेका छैनन्। आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच खेल हुनेछ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.