3 weeks ago
November 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मार्की तथा कप्तान सन्दीप लामिछानेको प्रभावशाली बलिङमा विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित हात पारेको छ।
कम योगफलको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगरले जनकपुरलाई ९ रनले हरायो। जितका साथ विराटनगर ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ।
जितको लागि १ सय ३६ रनको लक्ष्य पछाएको जनकपुर २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रनमा समेटियो।
सहज लक्ष्य पाएपनि जनकपुरले सुरुवात राम्रो गर्न सकेन। ओपनर आशिफ शेख १३ रनमा सूर्य तामाङको बलमा बोल्ड आउट भए।
त्यतिखेर टिमले १९ रन बनाएको थियो। पहिलो पावर प्लेमा जनकपुर ३५ रनमा नै रोकियो। जुन विराटनगरले पावर प्लेमा बनाएको भन्दा ५ रनले कम हो। त्यसपछि सातौं ओभरको चौथो बलमा कप्तान अनिल शाह १४ बल खेलेर ४ रनमा सन्दीप लामिछानेको बलमा जर्ज मुन्सेद्वारा क्याच आउट हुन पुगे।
३५ रनमा दोस्रो विकेट गुमाएको जनकपुरले तेस्रो विकेट नवौं ओभरमा गुमायो। ओपनर लाहिरू मिलान्था २२ बल खेल्दै २ चौका र १ छक्का सहित २३ रन जोडेर सन्दीपको बलमा बोल्ड आउट भए। पहिलो क्रमका तीन ब्याटर गुमाउँदा जनकपुरले मात्र ४६ रन बनाएको थियो।
१० ओभरको समाप्तिमा ६१ रन बनाएको जनकपुरलाई अन्तिम ६० बलमा जितको लागि ७५ रन जोड्नुपर्ने थियो। चौथो विकेटको रूपमा सञ्जय कृष्णमुर्ती आउट भए। १२ बलमा २ चौका र १ छक्कासहित २० रन जोडेका उनलाई सूर्यले पबिलियनको बाटो देखाइदिए।
लगत्तै मयन यादव ४ रनमा आउट भए। ५ विकेटको नोक्सानीमा ७७ रन बनाएको जनकपुरलाई ३७ बलमा जितको लागि ५९ रन जरूरी थियो। खेल प्रतिस्पर्धात्मक बनेको थियो।
त्यसपछि १५ औं ओभरमा ११ र १६ औं ओभरमा १४ रन जोड्दै जनकपुरले जितलाई सहज बनायो। तर १८ औं ओभरमा सन्दीपको ओभर निकै महत्वपूर्ण रहयो। उनले यो ओभरमा वाइडबाट १ रन दिएर २ विकेट लिए।
रुपेश सिंहलाई ८ रनमा र संगिथलाई डक आउट गरे। त्यसपछि अन्तिम १२ बलमा जनकपुरलाई २३ रन जरुरी थियो। जहाँ मर्चेन्टले १ रन बनाएका आदित्य महतालाई एलबिडब्लु धरापमा पारे।
यो सँगै ६ बलमा जनकपुरलाई १७ रन जोड्नु थियो। बलिङमा प्रतिश जिसी आए। दोस्रो बल वाइड थियो। यही बलमा जान निकोल लोफ्टी लोकेश बमद्वारा रन आउट भए। उनी ३० बलमा ४१ रन जोडेर आउट भए। तेस्रो बलमा ललित राजवंशीले चौका हाने। तर पनि यो ओभरमा ७ रन मात्र संभव हुँदा खेल बिराटनगरले जित्यो।
सन्दीपले सानदार बलिङ गरे। ४ ओभरमा ११ रन दिएर ४ विकेट लिए। सूर्यले २ विकेट लिए।
टियु क्रिकेट स्टेडियममा आज जनकपुरले टस जितेर बलिङ रोज्यो। विराटनगरले २० ओभरमा ७ विकेट गुुमाएर १ सय ३५ रन बनायो।
जनकपुरले बलिङमा स्पिनरलाई जिम्मेवारी दियो। दुवै एन्डबाट स्पिनर प्रयोग गर्दा जनकपुरले पहिलो पावर प्लेमा विराटनगरलाई मात्र ४० रनमा रोक्यो। यतिखेर विराटनगरले १ विकेट गुमाएको थियो।
ओपनर जर्ज मुन्से १० बलमा संगीथ कोरेको बलमा बोल्ड आउट भए। पहिलो विकेटको क्षतिमा विराटनगरलर मात्र २० रन बनाएको थियो। निरन्तर स्पिनरको अट्याकमा विराटनगरका खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन्। १५ बलमा १ चौका सहित १३ रन जोडेर मार्टिन गप्टिल आदित्य महताको बलमा किशोर महतोद्वारा क्याच आउट भए। उनी आउट हुँदा टोलीले ४५ रन बनाएको थियो।
लगत्तै ओपनर लोकेश २६ बलमा २ चौका र १ छक्का सहित २८ रनमा संगिथको बलमा किशोरद्वारा समातिए। टप अर्डरका ३ ब्याटर आउट हुँदा विराटनगरले ५५ रन जोडेको थियो।
जनकपुरले १० ओभरसम्म निरन्तर स्पिनरले बलिङ गरे। जहाँ रन जोड्न विराटनगरले संघर्ष गर्यो। १० ओभरको समाप्तिमा मात्र ५८ रनमा रोकिंदा विराटनगर दबाबमा आयो।
पहिलो ओभरदेखि लगातार १६ ओभर स्पिनर प्रयोग गरेको जनकपुरले १७ औं ओभरमा भने पेश बलर किशोर महतोलाई बलिङमा ल्यायो।
१८ औं ओभरमा रुपेश सिंहले बसिर अहमद र शुभम राञ्जानेको ५२ रनको साझेदारी तोडे। बसिर चौथो विकेटको रूपमा पबिलियन फर्किए। ३५ बल खेल्दै ३ छक्कासहित ३६ रनमा आउट भए। उनी आउट हुँदा टोलीले १ सय ७ रन बनाएको थियो।
त्यही ओभरको अन्तिम बलमा रुपेशले २ रन बनाएका नारायण जोशीलाई आउट गरे। अन्तिम ओभरको दोस्रो बलमा रुपेशको बलमा शुभम विकेट किरप लोफ्टीद्वारा रन आउट हुन पुगे।
शुभमले टोलीको लागि २९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन जोडे। लगत्तै अर्को बलमा मर्चान्ट डि लाङ्गे पनि रुपेशद्वारा रन आउट भए। उनले रनको खाता खोल्न सकेनन्।
बलिङमा रूपेशले २ ओभरमा १२ रन दिएर २ विकेट लिंदै किफायती बलिङ गरे। संगिथले ४ ओभरमा ३६ रन दिएर २ विकेट झारे। यस्तै आदित्यले १ विकेट आफ्नो नाममा लेखाए।
३ खेलमा विराटनगरले ६ अंक बनाउँदा जनकपुरको यो लगातार दोस्रो हार हो। आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दोस्रो खेल हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]