default_image

3 weeks ago

November 24, 2025

कर्णालीले पहिला बलिङ गर्ने

458 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुँदैछ।

टस जितेर कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्दा सुदूरपश्चिम पहिले ब्याटिङमा उत्रदैछ।

आज दुवै टिमले प्लइङ ११ मा कुनैपनि परिवर्तन गरेका छैनन्।सुदूरपश्चिम लगातार तेस्रो जित दर्ज गर्दै जितको‌ सिलसिलालाई निरन्तरता दिने दाउमा रहनेछ।

कर्णाली भने लगातार दोस्रो जित निकाल्न चाहन्छ। यसअघि सुदूरपश्चिम ले काठमाडौं गोर्खाजलाई २९ रनले र पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो। सुदूरपश्चिम ४ अंक रहेको छ।

कर्णाली पहिलो खेलमा ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराएको थियो। २ खेलबाट उसले २ अंक जोडेको छ।

आज भएको पहिलो खेलमा भने विराटनगरले कम योगफलको रोमाञ्चक खेलमा साविक विजेता जनकपुरलाई ९ रनले हराउँदै लगातार तेस्रो निकालेको छ। जनकपुरले भने दोस्रो खेलपछि पनि अंकको खाता खोल्न सकेको छैन।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.