3 weeks ago
November 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १ सय ४० रनको चुनौती दिएको छ।
टस जितेर कर्णालीले ब्याटिङ गर्ने निर्णय गर्दा सुदूरपश्चिमले पहिले ब्याटिङमा उत्रियो। उसले २० ओभरमा विकेट ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो।
पहिलो ओभर बलिङ गर्न आएका कर्णालीका कप्तान सोमपाल कामीले विकेट मेडन ओभरबाट सानदार सुरुवात गरे। उनले इनिङ्सकै पहिलो बलमा ओपनर जस ब्राउनलाई रोयल डक आउट गरे।
त्यसपछि अर्का ओपनर विनोद भण्डारी ११ रनमा विपिन शर्माको बलमा एलबिडब्लु आउट भए। दुई ओपनर आउट हुँदा सुदूरपश्चिमले २३ रन मात्र जोडेको थियो। सुदुरले पहिलो पावर प्लेमा कमजोर प्रदर्शन गर्यो। २ विकेटको नोक्सानीमा मात्र २७ रन बनाउँदै कमजोर सुरुवात गर्यो।
सुदूरपश्चिमलाई दबाबमा राख्न सफल कर्णालीका युवराज खत्रीले आठौं ओभरमा क्रिस लिनको महत्वपूर्ण विकेट लिए। २० बलबाट १८ रन बनाएका लिन विलियम बसिस्टोद्वारा क्याच आउट भए।
लगत्तै अर्को ओभरमा इशान पाण्डे पनि मात्र २ रनमा आउट भए। ४६ रन जोड्दा ४ विकेट गुमाएको सुदूरपश्चिमले १० ओभरको समाप्तिमा ५३ रन मात्र बनाउन सक्यो।
टप र मिडर अर्डरका खेलाडीले खराब प्रदर्शन गरे भने साझेदारी बन्न सकेन्। आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए। २५ बल खेलेर ३ चौका सहित २७ रन बनाए। ७३ रन जोड्दा सुदुरले ५ विकेट गुमायो।
त्यसपछि कर्णालीले १७ देखि १९ ओभरमा लगातार विकेट झार्न सफल रहयो। क्रिजमा छिरेका हर्मित सिंहले दीपेन्द्रसिंह ऐेरीसँग छैटौं विकेटको लागि ४८ रनको साझेदारी गरेर आउट भए।
१९ रन जोडेका उनलाई सोमपालले बोल्ड आउट गरे। लगतै अर्को ओभरमा मार्क वाटले दीपेन्द्रको ठुलो विकेट लिए। २८ बल खेल्दै १ चौका र २ छक्का सहित ३९ रनमा आउट भए।
त्यसपछि नरेन साउद सोमपाल कामीको बलमा ‘हिट विकेट’ आउट भए। ब्याक फुटमा ब्याटिङ गर्ने क्रममा आफ्नै खुट्टाले बेल झारेपछि उनी रनको खाता नखोली आउट भए। लगतै १० रन बनाएका स्कट कुगेलिनलाई नन्दनले आउट गरे। हेमन्त धामी र अविनाश बोहरा अविजित १ रनमा रहे।
बलिङमा सोमपाले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए। नन्दनले २ तथा मार्क, विपिन र युवराजले १/१ विकेट झारे।
आज भएको पहिलो खेलमा भने विराटनगर किङ्सले कम योगफलको रोमाञ्चक खेलमा साविक विजेता जनकपुरलाई ९ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ। जनकपुरले भने दोस्रो खेलपछि पनि अंकको खाता खोल्न सकेको छैन।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]