2 weeks ago
November 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दीपेन्द्र सिंह ऐरीको अल राउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) लगातार तेस्रो जित दर्ज गरेको छ।
सुदूरपश्चिमले आज कर्णाली याक्सलाई ४५ रनले हरायो। कम योगफलको प्रतिस्पर्धामा सुदूरपश्चिमको जितमा दीपेन्द्रले ३९ रन बनाउँदै ४ विकेटको उत्कृष्ट प्रदर्शन गरे।
जितको लागि १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९.२ ओभरमा अल आउट हुँदै ९४ रनना समेटियो। जारी लिगमा कुनैपनि टोलीले बनाएको अहिलेसम्मकै कम योगफल हो।
सहज चुनौती पछाउँदा कर्णालीले सुरुवात राम्रो गर्न सकेन। पछिल्लो २ खेलमा विदेशी ब्याटर नै कर्णालीको बलियो पक्ष रहँदै आएको थियो।
तर यो खेलमा पहिलो देखि चौथो क्रमका ४ विदेशी खेलाडी लगातार आउट भए। पहिलो पावर प्लेमा कर्णालीलाई विकेटको नोक्सानीमा ३३ रनमा रोक्न सुदूरपश्चिमका बलरहरू सफल रहे।
प्रियंक पञ्चाल रनको खाता नखोली दीपेन्द्रको बलमा आउट भए। दीपेन्द्रले नै अर्को ठूलो विकेट लिए। त्यसअघि लुम्बिनी विरुद्ध सतक बनाएका मार्क वाटलाई दीपेन्द्रले एलबिडब्लु धरापमा पारे। उनी १७ रनमा आउट हुँदा टोलीले मात्र २१ रन बनाएको थियो।
लगत्तै ३ रन बनाएका विलियम बसिस्टो हेमन्त धामीको बलमा र नाजिबुल्लाह जड्रान १ रनमा दीपेन्द्रको बलमा आउट भए। त्यसपछि पवन सर्राफलाई साथ दिन सोमपाल क्रिजमा छिरे। १० ओभरको समाप्तिमा ६० रन जोड्दा कर्णालीलाई जितको लागि ८० रन बनाउनुपर्ने थियो।
सोमपाल र पवनले पाँचौं विकेटको लागि ३४ रनको साझेदारी गरे। सोमपाल १४ रनमा हर्मित सिंहको बलमा कट एन्ड बोल्ड भए। लगतै पवन २७ रन जोडेर अविनाश बोहराको बलमा पबिलियन फर्कदा १३ ओभरको समाप्तिमा ७७ रन बनाएको थियो।
त्यसपछि जिम्मेवारी गुल्सन झालाई थियो। तर उनी पनि १३ रनमा दीपेन्द्रको बलमा बोल्ड आउट भए। ७ विकेट गुमाउँदा ८१ रन मात्र बनाउँदा कर्णालीमाथि दबाब बनाउन सुदूरपश्चिम सफल रह्यो।
लगत्तै १ रनमा नन्दन यादव स्कटको बलमा सबस्टिच्युट फिल्डर दीपक बोहराद्वारा समातिए। यो सँगै बाँकी २ विकेटको मद्दतमा ३० बलबाट ५६ रन जरुरी हुँदा कर्णाली हारको निकै नजिक पुगेको थियो।
नवौं विकेट हर्मितले लिए। युवराज खत्री रनको खाता नखोली हर्मितको बलमा एलबिडब्लु धरापमा परे।बलिङमा दीपेन्द्रले ४ ओभरमा ३२ रन दिएर ४ विकेट लिंदै सानदार प्रदर्शन गरे। हर्मितले ४ ओभरमा १ मेडन सहित १९ रन दिएर २ विकेट झारे।
त्यसअघि टस जितेर कर्णालीले ब्याटिङ गर्ने निर्णय गर्दा सुदूरपश्चिम पहिले ब्याटिङमा उत्रियो। उसले २० ओभरमा विकेट ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो।
पहिलो ओभर बलिङ गर्न आएका कर्णालीका कप्तान सोमपालले विकेट मेडन ओभरबाट सानदार सुरुवात गरे। उनले इनिङ्सकै पहिलो बलमा ओपनर जस ब्राउनलाई रोयल डक आउट गरे।
त्यसपछि अर्का ओपनर विनोद भण्डारी ११ रनमा विपिन शर्माको बलमा एलबिडब्लु आउट भए। २ ओपनर आउट हुँदा सुदरले २३ रन मात्र जोडेको थियो। सुदुरले पहिलो पावर प्लेमा कमजोर प्रदर्शन गर्यो। २ विकेटको नोक्सानीमा मात्र २७ रन बनाउँदै कमजोर सुरुवात गर्यो।
सुदूरपश्चिमलाई दबाबमा राख्न सफल कर्णालीका युवराज खत्रीले आठौं ओभरमा क्रिस लिनको महत्वपूर्ण विकेट लिए। २० बलबाट १८ रन बनाएका लिन विलियम बसिस्टोद्वारा क्याच आउट भए।
लगत्तै अर्को ओभरमा इशान पाण्डे पनि मात्र २ रनमा रन आउट भए। ४६ रन जोड्दा ४ विकेट गुमाएको सुदूरपश्चिमले १० ओभरको समाप्तिमा ५३ रन मात्र बनाउन सक्यो।
टप र मिडर अर्डरका खेलाडीले खराब प्रदर्शन गरे भने साझेदारी बन्न सकेन। आरिफ शेख नन्दन यादवको बलमा बोल्ड आउट भए। २५ बल खेलेर ३ चौका सहित २७ रन बनाए। ७३ रन जोड्दा सुदूरपश्चिमले पाँचौं विकेट गुमायो।
त्यसपछि कर्णालीले १७ देखि १९ ओभरमा लगातार विकेट झार्न सफल रहयो। क्रिजमा छिरेका हर्मितले दीपेन्द्रसँग छैटौं विकेटको लागि ४८ रनको साझेदारी गरेर आउट भए।
१९ रन जोडेका उनलाई सोमपालले बोल्ड आउट गरे। लगतै अर्को ओभरमा मार्क वाटले दीपेन्द्रको ठुलो विकेट लिए। २८ बल खेल्दै १ चौका र २ छक्का सहित ३९ रनमा आउट भए।
त्यसपछि नरेन साउद सोमपालको बलमा ‘हिट विकेट’ आउट भए। ब्याक फुटमा ब्याटिङ गर्ने क्रममा आफ्नै खुट्टाले बेल झारेपछि उनी रनको खाता नखोली आउट भए। लगत्तै १० रन बनाएका स्कट कुगेलिनलाई नन्दनले आउट गरे। हेमन्त र अविनाश १ रन अविजित रहे।
बलिङमा सोमपाले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए। नन्दनले २ तथा मार्क, विपिन र युवराजले १/१ बिकेट झारे।
जितमा सुदूरपश्चिम ३ खेलबाट ६ अंक बनाएको छ। ३ खेल खेलेको कर्णालीको यो दोस्रो हार हो। टोली २ अंक छ।
त्यसअघि आज भएको पहिलो खेलमा भने विराटनगर किङ्सले कम योगफलको रोमाञ्चक खेलमा साविक विजेता जनकपुरलाई ९ रनले हराउँदै लगातार दोस्रो जित निकालेको छ।
जनकपुरले भने दोस्रो खेलपछि पनि अंकको खाता खोल्न सकेको छैन। भोलि काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]