default_image

2 weeks ago

November 25, 2025

लुम्बिनीले पहिला बलिङ गर्ने

359 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ।

टियु क्रिकेट स्टेडियममा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोज्ने सिलसिलालाई निरन्तरता दिएका छन्।

जारी एनपिएलमा टस जित्ने टोलीले बलिङ नै रोज्दै आएको छ। करण केसीको कप्तानीमा रहेको काठमाडौं पहिले ब्याटिङमा आउनेछ।

जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरूवात गरेको काठमाडौले त्यसपछि भने लगातार २ खेल हारेको छ। सुदूरपश्चिम रोयल्ससँग २९ रनले र विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो।

३ खेलबाट २ अंक मात्र बनाएको काठमाडौंलाई आजको खेल निकै महत्वपूर्ण रहनेछ। आज हारेको खण्डमा काठमाडौंको प्ले अफको यात्रा कठिन हुनेछ।

पछिल्लो खेलमा विराटनगरसँग काठमाडौंले खराब ब्याटिङ गरेको थियो। टप र मिडल अर्डरका खेलाडीले खराब प्रदर्शन गर्दा मात्र १ सय ३४ रन मात्र बनाएको थियो। त्यसैले पनि आज ब्याटिङमा सुधारिएको प्रदर्शन गर्न जरुरी छ।

गत संस्करण पुछारमा रहेको लुम्बिनी यो सिजन पहिलो खेलमा चितवनलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेट हरायो। तर दोस्रो खेलमा भने कर्णालीसँग ९ विकेटले पराजित भयो।

कर्णालीसँगको खेलमा रोहितले ४९ रन जोड्दा अन्य खेलाडी क्रिजमा टिक्न सकेका थिएनन्। यसपछि कर्णालीका मार्क वाटले शतक प्रहार गर्दै लुम्बिनीलाई ९ विकेटको लज्जास्पद हार चखाएको थियो। बलिङमा सेर मल्लले मात्र एक विकेट झारेका थिए। त्यसैले आज बलिङमा पनि लुम्बिनी सजग हुनुपर्नेछ।

अंक तालिकामा सुदूरपश्चिम र विराटनगरले समान ६ अंक बनाए पनि रनरेटमा सुदूरपश्चिम शीर्षस्थानमा र विराटनगर दोस्रो स्थानमा छन्।

कर्णाली, काठमाडौं, चितवन र काठमाडौंसँग समान २ अंक रहेको छ। पोखरा र जनकपुरले अंकको खाता खोल्न सकेका छैनन्।

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.