default_image

2 weeks ago

November 25, 2025

लुम्बिनीलाई प्रतिस्पर्धात्मक चुनौती

657 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय ५८ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।

कमजोर सुरुवात गरे पनि कप्तान करण केसीले बिष्फोटक ब्याटिङ गर्दा काठमाडौंले यो सिजनको सर्वाधिक योगफल समेत बनायो।

टियु क्रिकेट स्टेडियममा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजे। पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो।

काठमाडौंले यो खेलमा पनि पावर प्लेको सदुपयोग गर्न सकेन। पहिलो पावर प्लेमा २ विकेट गुमाउँदै मात्र ४२ रन बनायो। ओपनर बेन चाल्सवर्थ सामना गरेको पहिलो बलमा रनको खाता नखोली आउट भए। शेर मल्लले बेनलाई आउट गर्दा काठमाडौंले १ रन बनाएको थियो।

वान डाउनमा क्रिजमा गएका रसिद खान पाँचौं ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा सन्दीप जोराद्वारा क्याच आउट भए। २८ रनको स्थितिमा २ विकेट गुमाएको काठमाडौंले कमजोर सुरुवात गर्यो।

रन जोड्न संघर्ष गरेको काठमाडौंले पहिलो पावर प्लेपछिको ४ ओभरमा १४ रन मात्र बनाउन सक्यो। १० ओभर सकिंदा काठमाडौंले ५६ रन मात्र बनाएको थियो

ओपनर आकाश त्रिपाठी खराब सट खेल्दै आउट भए। सेर मल्लको बलमा रिभर्स स्विफ्ट खेलेका उनको बल सिधै डार्सी सर्टको हातमा पर्यो। आकाश ३६ बलमा ३ चौका सहित ३२ रन जोडेर आउट भए। तेस्रो विकेट गुमाउँदा काठमाडौंले ५९ रन मात्र जोड्न सक्यो।

१२ औं ओभरमा लुम्बिनीका कप्तान रोहित बलिङमा आए। पहिलो बलमा जोन सिम्पसनले छक्का प्रहार गरे। तर दोस्रो बलमा रोहितले सिम्पसनलाई कट एन्ड बोल्ड गरे। यही ओभरको अन्तिम बलमा १७ रन बनाएका मिलिन्द कुमार आउट भए। शेरले उत्कृष्ट वान ह्यान्डेड क्याच लिए।

१२ ओभरको समाप्तिमा काठमाडौंले ५ विकेटको क्षतिमा ७३ रन बनाएर संघर्ष गर्यो। त्यसपछि सन्तोष यादव र जेरार्ड इरासमसले छैटौं विकेटको लागि ३६ रनको साझेदारी गरेपछि सन्तोष रुबेनको बलमा शेरद्वारा क्याच आउट भए। उनले १६ बलमा २ छक्कासहित २६ रन बनाए। लगत्तै इरासमस पनि १७ रनमा गुल्बद्दीन नायबको बलमा आउट भए। इरासमस आउट हुँदा टोलीले १ सय १७ रन बनाएको थियो।

तर करणले १९ औं ओभरमा छक्काको बर्षात गरे। लुम्बिनीका रूबेनलाई निरिह बनाउँदै ४ छक्का प्रहार गरे। यो ओभरमा काठमाडौंले ३१ रन जोड्दै टोलीको योगफललाई बढायो। यो ओभरमा करणले मात्रै २८ रन बनाए।‌ २० औं ओभरको पहिलो बलमा आदिल अलाम गुलबद्दीनको बलमा आउट भए।

करणले बिष्फोटक ब्याटिङ गरे। ११ बलमा १ चौका र ४ छक्कासहित अविजित ३४ रन बनाए।‌ बलिङमा रुबेन, शेर, गुलबद्दीन र रोहतले समान २ विकेट लिए।

जनकपुरलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको काठमाडौले त्यसपछि भने लगातार २ खेल हारेको थियो। सुदूरपश्चिम रोयल्ससँग २९ रनले र विराटनगर किंग्ससँग ५ विकेटले हार बेहोरेको थियो। ३ खेलबाट २ अंक मात्र बनाएको काठमाडौंलाई आजको खेल निकै महत्वपूर्ण रहनेछ।

गत संस्करण पुछारमा रहेको लुम्बिनी यो सिजन पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेट हरायो। तर दोस्रो खेलमा भने कर्णाली याक्ससँग ९ विकेटले पराजित भयो।

अंक तालिकामा सुदूरपश्चिम र विराटनगरले समान ६ अंक छ । रनेटमा सुदूरपश्चिम शीर्षस्थानमा र विराटनगर दोस्रो स्थानमा छ।

कर्णाली, काठमाडौं, चितवन र लुम्बिनीको समान २ अंक छ। पोखरा र जनकपुरले अंकको खाता खोल्न सकेका छैनन्।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.