2 weeks ago
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज चितवन राइनोजले विराटनगर किंग्सको सामना गर्दैछ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्नेछ।
आजको खेलमा विराटनगरले प्लेइङ ११ एक परिवर्तन गरेको छ।
मार्टिन गप्टिलको स्थानमा साम हिजलेटलाई अवसर दिइएको छ। चितवनले पनि एक परिवर्तन गरिएको छ। रिजन ढकाललाई ड्रफ गर्दै रञ्जित कुमारलाई खेलाइएको छ।
लगातर तेस्रो जितकासाथ रन रेटको आधारमा दोस्रो स्थानमा रहेको विराटनगर जितको लयलाई कायमै राख्न चाहन्छ।
यदि आजको खेल जिते विराटनगर प्ले अफको नजिक पुग्नेछ। विराटनगर पछिल्ला ३ खेलमा अब्बल रहँदै आएको छ।
पोखरा विरुद्ध २ सय २० रन जोड्न सफल विराटनगरले पछिल्लो खेलमा १ सय ३५ रनको योगफल पनि डिफेन्ड गर्न सफल भएको थियो। ब्याटिङ र बलिङ दुवैमा विराटनगर लयमा छ। पछिल्लो खेलमा जनकपुरलाई हराउँदा कप्तान सन्दीपले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका थिए।
विराटनगरले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले,काठमाडौं गोर्खाजलाई २ विकेटले र पोखरा एभेन्जर्सलाई लाई ५३ रनले हराउँदै ६ अंक बटुेको छ।
चितवनले भने पहिलो खेलमा लुम्बिनीसँग ६ विकेटको हार बेहोरेको थियो। त्यसपछि चितवनले उत्कृष्ट कमब्याक गर्दै लुम्बिनी लायन्सलाई ६ विकेटले हरायो।
चितवन यही जितको सिलसिलालाई कायमै राख्न चाहन्छ। तर यसको लागि चितवनले संगठित प्रदर्शन गर्न जरुरी छ। चितवनको यो तेस्रो खेल हो। उसले २ खेलबाट २ अंक छ।
अंक तालिकामा सुदूरपश्चिम र विराटनगरको समान ६ अंक छ। रन रेटमा सुदुरपश्चिम शीर्षस्थानमा छ। काठमाडौं ४ अंक सहित तेस्रो स्थानमा छ।
कर्णाली याक्स, चितवन, र लुम्बिनी लायन्सले समान २ अंक जोडेका छन्। साविक विजेता जनकपुर र पोखराले अंकको खाता खोल्न सकेका छैनन्।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]