default_image

2 weeks ago

November 26, 2025

विराटनगरलाई चितवनको चुनौतीपूर्ण लक्ष्य

589 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई जितको लागि १ सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

स्लो स्टार्ट गरेपनि चितवनको लागि रवि बोपराले उत्कृष्ट ब्याटिङ गरे। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ।

चितवनले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। २ विकेटको नोक्सानीमा ४७ रन मात्र बनायो। २४ रन बनाएको अवस्थामा चितवनले दुबै ओपनरलाई गुमायो।

मर्चेन्ट डी लाङ्गेले पहिलो २ विकेट लिए। ५ रन बनाएर दीपक बोहरा आउट भए। यसपछि डविट मलान १७ रनमा नै पबिलियन फर्किए। मर्चेन्टले मिडल स्टम नै उडाई दिए।

त्यसपछि सेफ जेबसँग तेस्रो विकेटको लागि ४२ रनको साझेदारी गरेर देव खनाल आउट भए। २२ बल खेल्दै ३ चौका र १ छक्का सहित २८ रन बनाएका देव सन्दीपको बलमा साम हेजललेटले क्याच गरे। उनको क्याचको टाइमिङ‌ उत्कृष्ट रहेको थियो।

त्यसपछि बोपरा क्रिजमा छिरे। उनलाई आउट गर्ने सुनौलो मौका विराटनगरले गुमायो। नरेन भट्टको बलिङमा प्रतिश जिसीले सहज क्याच छुटाए। बोपाराले ४ रनमा जीवनदान पाए।‌ १० ओभरको समाप्तिमा चितवनले ३ विकेटको नोक्सानीमा ७५ रन बनायो।

जेब र बोपराले चौथो विकेटको लागि ४९ रन बनाएर बलाम हेजललेटद्वारा समातिए। उनले ३० बलमा १ चौका र १ छक्का सहित ३२ रन बनाए।‌ यसपछि कप्तान कुशल मल्ल क्रिजमा छिरे।

४ रनमा ड्रप भएका बोपराले २९ बलमा २ चौका र ३ छक्का सहित अर्धशतक बनाए। त्यो ड्रप विराटनगरको लागि निकै महङ्गो साबित भयो। बोपरा लगातार तेस्रो खेलमा अर्धशतक बनाउन पनि सफल रहे।

अन्तिम ओभरको चौथो बलमा बोपरा ३८ बल खेल्दै ३ चौका र ४ छक्का सहित ६५ रनको उत्कृष्ट पारी खेले। शुभमको बलमा उनी हेजललेटद्वारा क्याच आउट भए। चितवनको लागि उनले नै व्यक्तिगत उच्च स्कोर बनाए।

कुशल २० रनमा अविजित रहे। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे। बलिङमा सन्दीप र मर्चेन्टले २/२ विकेट लिए। सन्दीप ले ४ ओभरमा २४ र मर्चेन्टले २७ रन दिए। शुभमले एक विकेट लिए।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.