default_image

2 weeks ago

November 26, 2025

चितवनले विराटनगरको अपराजित यात्रा तोड्यो

801 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले विराटनगर किङ्सको अपराजित यात्रा रोकेको छ ।

लगातार ३ खेल जितेको विराटनगरलाई चितवनले ४८ रनले हरायो। चितवनको यो लगातार दोस्रो जित हो। चितवन ४ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। चौथो खेलमा विराटनगरको यो पहिलो हार हो।

जितको लागि १ सय ७५ रनको चुनौती पछ्याएको विराटनगर १६ .५ ओभरमा अल आउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो।

प्रतिस्पर्धात्मक लक्ष्य पछाएको विराटनगले अत्यन्त खराब सुरुवात गर्यो। पावर प्लेमा ३७ रन मात्र जोड्दा ४ विकेट गुमाइसकेको थियो।

टप अर्डरका तीन ब्याटरले दोहोरो रन छुन सकेनन्। ओपनर लोकेश बम ७ रनमा कमल ऐरीको बलमा आउट भए। अर्का ओपनर जर्ज मुन्से ४ रनमा सोहेल तनविरको बलमा पबिलियन फर्किए। २ ओपनर आउट हुँदा विराटनगरले मात्र १२ रन बनाएको थियो।

जारी सिजनमा पहिलो खेल खेलेका रन्जित कुमारले लगातार ५ विकेट लिंदै विराटनगरलाई निरिह बनाए।

पाँचौं ओभरमा रन्जितले २ विकेट लिंदै विराटनगरलाई दबाब दिए। उनले अष्ट्रेलियन खेलाडी सामु हेजललेटलाई २३ रनमा एलबिडब्लु आउट गरे। उनले ११ बलमा ३ छक्का सहित २२ रन बनाए। एनपिएलमा उनको डेब्यु सुखद हुन सकेन। उनलाई आज मार्टिन गप्टिलको स्थानमा खेलाइएको थियो।

त्यही ओभरमा रन्जितले रनको खाता नखोलेका बसिर अहमदलाई कप्तान कुशल मल्लद्वारा क्याच आउट गराए। ४ विकेटको नोक्सानीमा ३४ रन मात्र बनाएपछि विराटनगरलाई ठूलो साझेदारी जरुरी थियो।

तर जिम्मेवारीपूर्ण ब्याटिङ गर्न विराटनगरका ब्याटर चुके। ४ रन बनाएका नरेन भट्ट पनि रन्जित कै बलमा आउट भए। नरेन आउट हुँदा ५ विकेटको नोक्सानीमा विराटनगरले मात्र ३९ रन बनाएको थियो। यो सँगै विराटनगर हार नजिक पुगेको थियो।

लगत्तै नारायण जोशीलाई ४ रनमा र सूर्य तामाङलाई रनको खाता नखोली पबिलियनको बाटो देखाइदिए। यो सँगै उनले ५ विकेट हल समेत पूरा गरे। जारी लिगमा ५ विकेट लिने उनी पहिलो खेलाडी हुन्। रिजन ढकालको स्थानमा उनलाई आज अवसर दिइएको थियो।अवसरलाई उनले नतिजामा समेत परिणत गरे।

७ विकेट गुमाउँदा ४७ रन बनाएको विराटनगरले आठौँ विकेटको रुपमा शुभम राञ्जनेलाई गुमायो। शुभम ६ रनमा सेफ जेबले उनलाई बोल्ड आउट गरे। उनी आउट हुँदा ४७ बलमा विराटनगरलाई ४१ रन जरुरी थियो।

त्यसपछि नवौं क्रममा आएका मर्चान्ट डि लाङ्गेले २२ बलमा २ चौका र ४ छक्का सहित ३९ रन जोड्दा विराटनगरले संघर्ष गर्दै १ सय रन पार गर्यो। प्रतिश जिसीले १२ बलमा २ चौका र ३ छक्का सहित ३० रन जोडे। योसँगै विराटनगरले १ सय २६ रन बनायो।

बलिङमा रन्जितले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिए। कमल ऐरीले २ विकट झारे।

त्यसअघि विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजे। चितवनले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ।

चितवनले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन्। २ विकेटको नोक्सानीमा ४७ रन मात्र बनायो। २४ रन बनाएको अवस्थामा चितवनले दुई ओपनरलाई गुमायो।

मर्चेन्ट डी लाङ्गेले पहिलो दुई विकेट लिए। ५ रन बनाएका दीपक बोहरा आउट भए। यसपछि डविट मलान १७ रनमा नै पबिलियन फर्किए। मर्चेन्टले मिडल स्टम नै उडाई दिए।

यसपछि सेफ जेबसँग तेस्रो विकेटको लागि ४२ रनको साझेदारी गरेर देव खनाल आउट भए। २२ बल खेल्दै ३ चौका र १ छक्का सहित २८ रन बनाएर सन्दीपको बलमा साम हेजललेटले क्याच गरे। उनको क्याचको टइमिङ‌ उत्कृष्ट रहेको थियो।

त्यसपछि रवि बोपरा क्रिजमा छिरे। बोपारालाई आउट गर्ने सुनौलो मौका विराटनगरले गुमायो। नरेन भट्टको बलिङमा प्रतिश जिसीले सहज क्याच छुटाए। बोपाराले ४ रनमा जीवनदान पाए।‌१० ओभरको समाप्तिमा चितवनले ३ विकेटको नोक्सानीमा ७५ रन बनायो।

जेब र बोपराले चौथो विकेटको लागि ४९ रन बनाएर सेफ सन्दीपको बलाम हेजललेटद्वारा समातिए। उनले ३० बलमा १ चौका र १ छक्का सहित ३२ रन बनाए।‌ यसपछि कप्तान कुशल मल्ल क्रिजमा छिरे।

४ रनमा ड्रप भएका बोपराले २९ बलमा २ चौका र ३ छक्का सहित अर्धशतक बनाए। सो ड्रप विराटनगरको लागि निकै महङ्गो साबित भयो। बोपरा लगातार तेस्रो खेलमा अर्धशतक बनाउन पनि सफल रहे।

अन्तिम ओभरको चौथो बलमा बोपरा ३८ बल खेल्दै ३ चौका र ४ छक्का सहित ६५ रनको उत्कृष्ट पारी खेले। शुभमको बलमा उनी हेजललेटद्वारा कमयाच आउट भए। चितवनको लागि उनले नै व्यक्तिगत उच्च स्कोर बनाए।

कुशल अविजित २० रनमा रहे। उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।

बलिङमा सन्दीप र मर्चेन्टले २/२ विकेट लिए। सन्दीप ले ४ ओभरमा २४ र मर्चेन्टले २७ रन दिए। शुभमले एक विकेट लिए। विराटनगरले ४ खेलबाट ६ अंक बनाउँदा चितवनले ३ खेलबाट ४ अंक बनाएको छ।

भोलि दुई खेल हुनेछन्।‌ पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेल पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ।

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

Success

Thank you for your time.