2 weeks ago
November 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा बिहीवार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स एकअर्काको सामना गर्दा त्यो केवल प्रतिस्पर्धा मात्र हुने छैन।
दुई टोली क्रिकेट मैदानमार्फत समाजमा सन्देश फैलाउने अभियानसहित उत्रने भएका छन्। जनकपुर बोल्ट्स ‘आमाको सम्मान’ सन्देशसहित पिंक जर्सीमा मैदान उत्रनेछ ।
जनकपुरका प्रत्येक खेलाडीले जर्सीको पछाडि आ आफ्नो आमाको नाम अंकित हुनेछ। हालै आफ्नी आमा गुमाएका ललित राजवंशी र विकास आग्रीका लागि यो खेल झनै भावनात्मक बन्नेछ। ललित र विकासले केहि समयअघि आमा गुमाएका थिए।
खेलमा प्रयोग भएका जर्सीहरू अक्सनमार्फत लिलामी गरी त्यसबाट संकलित रकम आमाहरूले सञ्चालन गर्दै आएका सामाजिक कार्यमा प्रदान गरिने जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

पोखरा एभेन्जर्सको टोली जलवायु परिवर्तनको चेतना फैलाउने उद्देश्यसहित विशेष डिजाइनको जर्सीमा खेल्नेछ। गत वर्ष ‘ग्लेसियर म्याटर्स’ सन्देशसहित जर्सीमा खेलेको पोखराले यसपटक पनि वातावरण संरक्षणलाई निरन्तरता दिँदैछ।
पोखराका प्रमुख सुवोध त्रिपाठीका अनुसार क्लबले सुरुदेखिनै ग्लोबल वार्मिङविरुद्ध आवाज उठाउने मिशन अपनाएको छ, र यस अभियानमा जनकपुरले ‘आमाको सम्मान’ मार्फत शोकलाई शक्तिमा रूपान्तरण गर्दै हातेमालो गरेको उल्लेख गरे।
जारी एनपिएलमा दुबै टोलीको सुरुवात हुन सकेको छैन। ८ टोली सहभागी एनपिएलमा साविक विजेता जनकपुर र पोखराले २ खेलसम्म जित निकाल्न सकेका छैनन्।
अंक विहिन जनकपुर सातौं र पोखरा पुछारमा छ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। त्यसअघि बिहान ११:४५ बजे सुरु हुने खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]