2 weeks ago
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ।
एनपिएलको जारी सिजनमा यसअघिका १२ खेलमा टस जित्ने टोलीले नै फिल्डिङ रोज्दै आएको छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ रोजेका छन्। लुम्बिनी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको छ।
सुदुरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ। आजको खेल जितेको खण्डमा सुदूरपश्चिम प्ले अफको नजिक पुग्नेछ।
अर्कोतर्फ ३ मध्ये २ खेल गुमाइसकेको लुम्बिनीलाई प्ले अफमा सम्भावना जीवित राख्न आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ।
सुदूरपश्चिमले अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ। लुम्बिनीले भने एक खेलाडी परिवर्तन गरेको छ। जेजे स्मिटको ठाँउमा थोमस ड्राकालाई प्लेइङमा समावेश गरेको छ।


December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]