default_image

2 weeks ago

November 27, 2025

लुम्बिनीले सुदूरपश्चिमलाई दियो मध्यम‌ लक्ष्य

351 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ।

पहिला ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गरेर १ सय ४३ रन मात्र बनाउन सक्यो।
१४.१ ओभरमा ३ विकेट नोक्सानीमा १ सय ४ रन जोडेको लुम्बिनीले ३९ रन थप्दा बाँकी ७ विकेट गुमाएको थियो। कप्तान रोहित कुमार पौडेल आउट भएपछि टोलीको एकपछि अर्को विकेट पतन भइरह्यो।

ओपनर ड्रेसी सर्टले ११ बलमा ४ चौकासहित १८ रन, अर्का ओपनर सुमित महर्जनले १४ बलमा ३ चौकाका साथ १८ रन नै जोडे।

तेस्रो नम्बरमा ब्याटिङ गर्न गएका कप्तान रोहित पौडेल र दीलिप नाथले तेस्रो विकेटको लागि ५२ रनको साझेदारी गरे। त्यो साझेदारी हेमन्त धामीले तोडे । ३६ बल खेलेका रोहितले ३ चौकासहित ३५ बनाए ।

१७ औं ओभरमा गुलबदिन नाइनलाई ११ रनमा अभिनाश बोहोराले आउट गरे । त्यो ओभरमा रुविन ट्रम्पलम्यानलाई कप्तान दीपेन्द्र सिंह ऐरीले रन आउट गरे।

अभिनाशले आफ्नो तेस्रो ओभरको अन्तिम बलमा दीलिपलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।‌ २९ बलमा २ चौका १ छक्कासहित दीलिपले ३१ रन जोडे।

अभिनाशले आफ्नो अन्तिम ओभरको अन्तिम बलमा सन्दीप जोरा (७ रन) को विकेट लिए।सुदूरपश्चिमका अभिनाश र हर्मितले ३, हेमन्तले २ विकेट लिए ।

त्यसअघि शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो। एनपिएलको जारी सिजनमा यसअघिका १२ वटै खेलमा टस जित्ने टोलीले नै फिल्डिङ रोज्दै आएको छ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर फिल्डिङ रोजेका छन्। लुम्बिनी राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको छ।

सुदूरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । टोलीले यसअघिका ३ खेलनै जितेको छ। आजको खेल जितेको खण्डमा सुदूरपश्चिम प्ले अफको नजिक पुग्नेछ।

अर्कोतर्फ ३ मध्ये २ खेल गुमाइसकेको लुम्बिनीलाई प्ले अफमा सम्भावना जीवित राख्न आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ।

सुदूरपश्चिमले अघिल्लो खेलकै टोलीलाई निरन्तरता दिएको छ। लुम्बिनीले भने एक खेलाडी परिवर्तन गरेको छ। जेजे स्मिटको ठाँउमा थोमस ड्राकालाई प्लेइङमा समावेश गरेको छ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.