2 weeks ago
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कप्तान अशोक धामीको उत्कृष्ट ब्याटिङमा नेपाली युवा टोलीले एसिसी यु १९ प्रिमियर कपमा हङकङलाई २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
युएईको अजमानस्थित सेभेन डिस्ट्रिक्ट ग्राउण्ड २ मा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनाएको छ।
अशोकले ५१ बलमा ३ चौका र ४ छक्का सहयोगमा सर्वाधिक ७३ रन बनाए । दर्श सुनार ४५ रनमा अविजित रहे।
दिलसान अलीले ३२, सिवरिन श्रेष्ठले २५, वंश क्षेत्रीले २४ निरज कुमार यादवले २२ र रोशन विश्वकर्माले २१ रन जोडे । निश्चल क्षेत्रीले ३ रन थपे।
हङकङका लागि अभिमन्यु गनेशन र डेनियल मापले समान २ विकेट लिए।, प्रित मंगुकिया, अफ्ताव हुसैनले समान १ विकेट लिए।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]