2 weeks ago
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा लगातार चौथो जितका साथ प्ले अफ पुग्ने सम्भावनालाई बलियो बनाएको छ।
सुदूरपश्चिमले आज लुम्बिनी लायन्सलााइ ७ विकेटले हरायो। लुम्बिनीको यो लगातार तेस्रो हार हो। यो सँगै उसको प्ले अफ यात्रा कठिन बनेको छ।
सुदूरपश्चिमको जितमा ओपनर विनोद र आरिफ शेखको साझेदारी प्रमुख रह्यो। यो क्रममा विनोदले अर्धशतक बनाए। बलिङमा हर्मित र अविनाशको बलिङ उत्कृष्ट रह्यो।
जितको लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
स्लो स्टार्ट गरेको सुदूरपश्चिमले ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४४ रन बनाएको थियो। ओपनर जस ब्राउन अविशेष गौतमको बलमा ९ रन जोडेर आउट भए।
वान डाउनमा छिरेका क्रिस लिन आज पनि क्रिजमा टिक्न सकेनन्। रुबेन ट्रम्पलमानको बलमा १६ रन जोडेर आउट भए। ३९ रन जोड्दा २ विकेट गुमाए पनि विनोदले इनिङ्स सम्हाले।
उनले सामना गरेको ३७ बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । उनले अर्धशतक बनाउने क्रममा ४ चौका र ३ छक्का प्रहार गरेका थिए। विनोद र आरिफले तेस्रो विकेटको लागि ९९ रनको सानदार साझेदारी गरे।
आरिफ तिलकराज भण्डारीको बलमा लुम्बिनीका कप्तान रोहित पौडेलद्वारा क्याच आउट भए। आरिफले ३७ बलमा ४ चौका र १ छक्का सहित ३९ रन जोडे।
विनोद अविजित ६९ रनमा रहे। उनले ४९ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। हर्मित सिंह अविजित ७ रनमा रहे। बलिङमा लुम्बिनीका रुबेन, अविशेष र तिलकले १/१ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा अल आउट हुँदै १ सय ४३ रन बनायो। १४.१ ओभरमा ३ विकेट नोक्सानीमा १ सय ४ रन जोडेको लुम्बिनीले ३९ रन थप्दा बाँकी ७ विकेट गुमाएको थियो। रोहित आउट भएपछि टोलीको एकपछि अर्को विकेट पतन भइरह्यो।
ओपनर ड्रेसी सर्टले ११ बलमा ४ चौकासहित १८ रन, अर्का ओपनर सुमित महर्जनले १४ बलमा ३ चौकाका साथ १८ रन नै जोडे।
तेस्रो नम्बरमा ब्याटिङ गर्न गएका कप्तान रोहित र दीलिप नाथले तेस्रो विकेटको लागि ५२ रनको साझेदारी गरे। त्यो साझेदारी हेमन्त धामीले तोडे । ३६ बल खेलेका रोहितले ३ चौकासहित ३५ बनाए ।
१७ औं ओभरमा गुलबदिन नाइनलाई ११ रनमा अभिनाश बोहोराले आउट गरे । त्यो ओभरमा रुविन ट्रम्पलम्यानलाई कप्तान दीपेन्द्र सिंह ऐरीले रन आउट गरे।
अभिनाशलेले आफ्नो तेस्रो ओभरको अन्तिम बलमा दीलिपलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए । २९ बलमा २ चौका १ छक्कासहित दीलिपले ३१ रन जोडे।
अभिनाशले आफ्नो अन्तिम ओभरको अन्तिम बलमा सन्दीप जोरा (७ रन) को विकेट लिए। सुदूरपश्चिमका अभिनाश र हर्मितले ३, हेमन्तले २ विकेट लिए ।
त्यसअघि शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोजेको थियो। एनपिएलको जारी सिजनमा यसअघिका १२ वटै खेलमा टस जित्ने टोलीले नै फिल्डिङ रोज्दै आएको छ।
सुदुरपश्चिम जारी एनपिएलमा अपराजित एक्लो टोली हो । ४ खेलमा ८ अंक जोडेको सुदूरपश्चिम लगाातारको जितमा प्ले अफको निकै नजिक पुगेको छ।
लुम्बिनीले भने पहिलो खेलमा चितवनलाई हराएपछि लगातार तेस्रो हार बेहोरेको छ। ४ खेलबाट २ अंक जोड्दा लुम्बिनीको यात्रा कठिन बनेको छ। उसले अब प्ले अफ संभावनालाई कायमै राख्न बाँकी सबै खेल जित्नैपर्ने हुन्छ ।
आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। आजको खेलमा पोखराले हरियो जर्सी लगाउनेछ। जसमा ‘ग्लासियर्स म्याटर’ लेखिएको हुनेछ।
जनकपुरका खेलाडीले आ आफ्नो आमाको नाम अंकित जर्सी लगाउनेछन्। आज दुवै टिमको जर्सी अक्सन गरेर जम्मा भएको रकम पोखराले जलवायु परिवर्तन सम्बन्धि कार्य गर्ने संघ संस्थालाई प्रदान गर्नेछ। जनकपुरले भने जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरुलाई सहयोग गर्ने बताएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]