2 weeks ago
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ।
टस जितेर पोखराले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी एनपिएलको १४ औं खेलमा टस जित्ने टोलीले ब्याटिङ रोजेको यो पहिलो पटक हो।
यसअघि सबै खेलमा टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्दै आएका थिए। साविक विजेता जनकपुरले पहिला बलिङ गर्नेछ।
अघिल्लो खेलमा भन्दा पोखराले १ खेलाडी परिवर्तन गरेको छ। पोखराले तृतराज दासलाई टोलीमा समेटेको छ। जनकपुरले भने प्लेइङ ११ मा ३ खेलाडी परिवर्तन गरेको छ। शुभ कंसाकार, माज सदाकत र वायन पार्नेललाई पहिलो पटक अवसर दिएको छ।
पुछारमा रहेका दुई टोली पोखरा र जनकपुर मध्ये आज एउटा टोलीले अंकको खाता खोल्नेछ। दुवै टोलीको यो तेस्रो खेल हो। दुवै टोलीले यसअघिका दुवै खेल हारेका थिए।
जनकपुर पहिलो खेलमा काठमाडौं गोर्खाजसँग ५ विकेटले र दोस्रो खेलमा विराटनगर किङ्स सँग ९ रनले पराजित भएको थियो। पोखरा विराटनगरसँग ५३ रन र सुदूरपश्चिम रोयल्ससँग १८ रनले हारेको थियो।
आजको खेलमा पोखराले हरियो जर्सी लगाउनेछ। जसमा ‘ग्लासियर्स म्याटर’ लेखिएको हुनेछ। जनकपुरका खेलाडीले आफ्नो आमाको नाम अंकित जर्सी लगाउनेछन्।
आज दुवै टोलीको जर्सी अक्सन गरेर जम्मा भएको रकम पोखराले जलवायु परिवर्तन सम्बन्धि कार्य गर्ने संघ संस्थालाई प्रदान गर्नेछ। जनकपुरले जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्ने बताइएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]