2 weeks ago
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितको लागि १ सय ५६ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।
पोखराका सुमित बर्माले अर्धशतकीय पारी खेले। टियु क्रिकेट स्टेडियममा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ रोजे।
जारी एनपोएलमा टस जितेर ब्याटिङ रोज्ने पोखरा पहिलो टोली बन्यो। पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।
ओपनरद्वय दिनेश खरेल र एडम रोसिङ्गटनले राम्रो सुरुवात दिलाए। पहिलो पावर प्लेमा यी दुईले ४५ रन बनाए। यी दुईले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेपछि एडम सञ्जय कृष्णमुर्तीले लोफ्टीद्वारा क्याच आउट भए। उनले १७ बलमा ३ चौका सहित २४ रन जोडे।
यसपछि पोखराले थप ३ रन जोड्ने क्रममा ४ विकेट गुमायो। वान डाउनमा आएका कुशललाई कृष्णमुर्तीले गोल्डेन डक आउट गरे। ३८ बलमा ३८ रन बनाएका दिनेशलाई अनिल शाहले र जेम्स निशमलाई कृष्णमुर्तीले आउट गरे।
६४ रन जोड्दा पोखराले महत्वपूर्ण ४ विकेट गुमायो। आश गरिएका विदेशी खेलाडी निशम यो खेलमा पनि चल्न सकेनन्।
त्यसपछि सुमित वर्मा र त्रितराज दासले सुझबुझपूर्ण ब्याटिङ गरे। उनीहरूले पाँचौं विकेटका लागि ७२ रनको साझेदारी गर्दै इनिङ्स उकासे।
२८ बलमा २ चौका सहित २९ रन जोडेर रन आउट भए। लगतै ड्यान डाउथवेट ७ रनमा ललित राजवंशीको बलमा आउट भए। सुमितले २८ बलमा २ चौका ४ छक्का सहित अर्धशतक बनाए। उनी अविजित ५० रनमा रहे।
जनकपुरका लागि बलिङमा सञ्जयले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए। अनिल र ललितले १/१ विकेट लिए।
आज पुछारमा रहेका दुई टोली पोखरा र जनकपुर मध्ये एक टोलीले अंकको खाता खोल्नेछ। दुवै टिमको यो तेस्रो खेल हो। दुवै टोलीले यसअघिका दुवै खेल हारेका छन्।
जनकपुर काठमाडौं गोर्खाजसँग ५ विकेटले र दोस्रो खेलमा विराटनगर किङ्ससँग ९ रनले हारेको थियो। पोखरा विराटनगरसँग ५३ रन र सुदूरपश्चिमसँग १८ रनले हारेको थियो।
आजको खेलमा पोखराले हरियो जर्सी लगाएको छ । जसमा ‘ग्लासियर्स म्याटर’ लेखिएको छ। जनकपुरका खेलाडीले आ आफ्नो आमाको नाम अंकित जर्सी लगाउनेछन्।
दुवै टोलीको जर्सी अक्सन गरेर जम्मा भएको रकम पोखराले जलवायु परिवर्तन सम्बन्धि कार्य गर्ने संघ संस्थालाई प्रदान गर्नेछ। जनकपुरले जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्नेछ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]