default_image

1 week ago

November 27, 2025

जनकपुरलाई प्रतिस्पर्धात्मक चुनौती

474 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितको लागि १ सय ५६ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ।

पोखराका सुमित बर्माले अर्धशतकीय पारी खेले।‌ टियु क्रिकेट स्टेडियममा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ रोजे।

जारी एनपोएलमा टस जितेर ब्याटिङ रोज्ने पोखरा पहिलो टोली बन्यो। पोखराले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो।

ओपनरद्वय दिनेश खरेल र एडम रोसिङ्गटनले राम्रो सुरुवात दिलाए। पहिलो पावर प्लेमा यी दुईले ४५ रन बनाए।‌ यी दुईले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरेपछि एडम सञ्जय कृष्णमुर्तीले लोफ्टीद्वारा क्याच आउट भए। उनले १७ बलमा ३ चौका सहित २४ रन जोडे।

यसपछि पोखराले थप ३ रन जोड्ने क्रममा ४ विकेट गुमायो। वान डाउनमा आएका कुशललाई कृष्णमुर्तीले गोल्डेन डक आउट गरे। ३८ बलमा ३८ रन बनाएका दिनेशलाई अनिल शाहले र जेम्स निशमलाई कृष्णमुर्तीले आउट गरे।

६४ रन जोड्दा पोखराले महत्वपूर्ण ४ विकेट गुमायो। आश गरिएका विदेशी खेलाडी निशम यो खेलमा पनि चल्न सकेनन्।

त्यसपछि सुमित वर्मा र त्रितराज दासले सुझबुझपूर्ण ब्याटिङ गरे। उनीहरूले पाँचौं विकेटका लागि ७२ रनको साझेदारी गर्दै इनिङ्स उकासे।

२८ बलमा २ चौका सहित २९ रन जोडेर रन आउट भए। लगतै ड्यान डाउथवेट ७ रनमा ललित राजवंशीको बलमा आउट भए। सुमितले २८ बलमा २ चौका ४ छक्का सहित अर्धशतक बनाए। उनी अविजित ५० रनमा रहे।‌

जनकपुरका लागि बलिङमा सञ्जयले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए। अनिल र ललितले १/१ विकेट लिए।

आज पुछारमा रहेका दुई टोली पोखरा र जनकपुर मध्ये एक टोलीले अंकको खाता खोल्नेछ। दुवै टिमको यो तेस्रो खेल हो। दुवै टोलीले यसअघिका दुवै खेल हारेका छन्।

जनकपुर काठमाडौं गोर्खाजसँग ५ विकेटले र दोस्रो खेलमा विराटनगर किङ्ससँग ९ रनले हारेको थियो। पोखरा विराटनगरसँग ५३ रन र सुदूरपश्चिमसँग १८ रनले हारेको थियो।

आजको खेलमा पोखराले हरियो जर्सी लगाएको छ । जसमा ‘ग्लासियर्स म्याटर’ लेखिएको छ। जनकपुरका खेलाडीले आ आफ्नो आमाको नाम अंकित जर्सी लगाउनेछन्।

दुवै टोलीको जर्सी अक्सन गरेर जम्मा भएको रकम पोखराले जलवायु परिवर्तन सम्बन्धि कार्य गर्ने संघ संस्थालाई प्रदान गर्नेछ। जनकपुरले जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गर्नेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.